बिहीबार, बैशाख ३१,२०८३ 06:51:01
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 06:51:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

हिमालयन रि सहित ७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, तीनको सर्वाधिक कारोबार

Laxmi Sunrise Bank Limited
हिमालयन रि सहित ७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, तीनको सर्वाधिक कारोबार
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २.४८ अंकले घटेर २१०८ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३१० कम्पनीको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २४ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ६ वटा उपसमूहमा हरियाली छाएको छ भने ७ वटा समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटा उपसूचकमध्ये जीवन बीमा समूह ०.०९ प्रतिशतले बृद्धि भएको छ भने निर्जीवन बीमा समूह ०.५५ प्रतिशतले घटेको छ ।  

आज ७ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने अर्थात सेयरभाउ बढ्ने बीमा कम्पनीमा सुर्यज्योति लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.७२ प्रतिशतले बृद्धि भई ५२६.९० रुपैयाँ पुगेको छ ।  

Bizshala
New Office
CG Motors

त्यस्तै, एलआइसी नेपालको १.५५ प्रतिशत, नेको इन्स्योरेन्सको १।४७ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १।४२ प्रतिशत, एनएलजी इन्स्योरेन्सको १.११ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको १.१० प्रतिशत र नेपाल लाइफको ०.३२ प्रतिशतले सेयरभाउ बढेको छ ।  

आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा भने नेपाल इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.९१ प्रतिशतले घटेर ८७५ रुपैयाँ कायम भएको छ ।  

यसका साथै प्रभु इन्स्योरेन्सको १.७३ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १.४१ प्रतिशत, सानिमा जिआइसीको १.०८ प्रतिशत, रिलायबल नेपाल लाइफको १.०५ प्रतिशत, सिटिजन लाइफको १.०३ प्रतिशत, आरबीसीएलको ०.९५ प्रतिशत, युनाइटेड अजोडको ०.८९ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.८३ प्रतिशत, सन नेपाल लाइफको ०.६५ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.५१ प्रतिशत, हिमालयन एभरेष्टको ०.४९ प्रतिशत, आइएमई लाइफको ०.३९ प्रतिशत, नेशनल लाइफको ०.३४ प्रतिशत र सलिकोको ०.२७ प्रतिशतले सेयरभाउ घटेको छ ।  

आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा ३ बीमा कम्पनी परेका छन् । सर्वाधिक हिमालयन रि इन्स्योरेन्सको २० करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, हिमालयन लाइफको ८ करोड ४४ लाख रुपैयाँ र सन नेपाल लाइफको ७ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.