आईतवार, कार्तिक २९,२०८३ 05:44:29
  • आईतवार, कार्तिक २९,२०८३ 05:44:29
Global IME Bank Limited

निर्वाचनको तयारीमा आयोग सक्रिय : मंसिर ४ गते राजनीतिक दलहरूसँग निर्णायक छलफल हुने

Bizshala
निर्वाचनको तयारीमा आयोग सक्रिय : मंसिर ४ गते राजनीतिक दलहरूसँग निर्णायक छलफल हुने
New Office

 

काठमाण्डौ । आगामी निर्वाचनको तयारीलाई तीव्रता दिँदै निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएको छ।

आयोगले आगामी मंसिर ४ गते निर्वाचनको तयारी तथा व्यवस्थापनका विषयमा छलफल गर्न राजनीतिक दलहरूलाई पत्राचार गरेको हो।

निर्वाचन आयोगका आयुक्त गुरुप्रसाद वाग्लेले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई छलफलका लागि औपचारिक पत्र पठाइएको पुष्टि गरेका छन्।

सरकारले आगामी फागुन महिनामा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरिरहेका बेला आयोगले राजनीतिक दलहरूसँग परामर्श अघि बढाएको हो।

पछिल्लो समय स्थानीय तह र प्रदेश तहको निर्वाचन एकै चरणमा गर्ने वा अलग-अलग मितिमा सम्पन्न गर्ने भन्ने विषयमा समेत बहस भइरहेको छ। यही सन्दर्भमा आयोगले बोलाएको बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

नेपाली कांग्रेसका सभापति गगन थापाले पनि आयोगले मंसिर ४ गते राजनीतिक दलहरूलाई निर्वाचनसम्बन्धी छलफलका लागि बोलाएको जानकारी दिएका छन्।

आइतबार छठ पर्वका अवसरमा सर्लाही पुगेका थापाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै स्थानीय तथा प्रदेश तहको निर्वाचनका विषयमा छलफल गर्न आयोगबाट निमन्त्रणा आएको बताएका हुन्।

आगामी निर्वाचनको समयतालिका, व्यवस्थापकीय तयारी तथा निर्वाचन सञ्चालनका विषयमा राजनीतिक दलहरूसँग छलफल हुने अपेक्षा गरिएको छ।

यद्यपि स्थानीय र प्रदेश तहको निर्वाचन एकै चरणमा गर्ने वा छुट्टाछुट्टै सञ्चालन गर्ने भन्ने विषयमा अन्तिम निर्णय भइसकेको छैन।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.