बिहीबार, आश्विन ८,२०८३ 12:57:37
Bizshala
  • बिहीबार, आश्विन ८,२०८३ 12:57:37
Bizshala
Global IME Bank Limited

१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि र सन नेपालको सर्वाधिक कारोबार

Bizshala
१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि र सन नेपालको सर्वाधिक कारोबार
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको सुधार आएको छ । नेप्से परिसूचक ९.३४ अंकले बढेर २००१ विन्दुमा पुगेको छ ।  

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ७ समूहमा हरियाली छाएको छ भने ६ समूह राताम्य भएका छन् । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.०७ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०.७४ प्रतिशतले बृद्धि भएको छ ।  

सूचीकृत २६ बीमा कम्पनीमध्ये आज १४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने अर्थात् सेयरभाउ बढ्ने बीमा कम्पनीमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ आज ४.०२ प्रतिशतले बढेर ७४८ रुपैयाँ पुगेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, शिखर इन्स्योरेन्सको २.७८ प्रतिशत, प्रभु इन्स्योरेन्सको २.०९ प्रतिशत, नेशनल लाइफको ०.८९ प्रतिशत, युनाइटेड अजोडको ०.७६ प्रतिशत, हिमालयन एभरेष्ट र आइजीआई प्रुडेन्सियलको ०.७२ प्रतिशत, नेपाल लाइफको ०.६७ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ०.६६ प्रतिशत एलआइसी नेपालको ०.६१ प्रतिशत, सिटिजन लाइफको ०.४९ प्रतिशत, आरबीसीएलको ०.४३ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.४२ प्रतिशत, र सानिमा जिआइसीको ०.२० प्रतिशतले सेयरभाउ बढेको छ ।  

त्यस्तै, आज सर्वाधिक सेयरभाउ घट्ने बीमा कम्पनीमा सुर्यज्योति लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.८८ प्रतिशतले घटेर ४७० रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, प्रभु महालक्ष्मी लाइफको १.६० प्रतिशत, सलिकोको १.३७ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ०.७९ प्रतिशत, सन नेपाल लाइफको ०.५२ प्रतिशत, रिलाबयल नेपाल र सानिमा रिलायन्स लाइफको ०.४७ प्रतिशत, हिमालयन लाइफको ०.२८ प्रतिशत र नेपाल इन्स्योरेन्सको ०.२५ प्रतिशतले सेयरभाउ घटेको छ । नेपाल इन्स्योरेन्सको सेयरभाउ भने स्थिर रहेको छ ।  

सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा दुई बीमा कम्पनी परेका छन् । सर्वाधिक हिमालयन रि को ६ करोड ४० लाख रुपैयाँ र सन नेपाल लाइफको २ करोड ९१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.