शनिबार, फाल्गुन १०,२०८१ 09:48:32
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:48:32
IME remit
Global IME Bank Limited

आज घट्यो नेप्से,‘अर्थमन्त्रीको उधारो आश्वासनप्रति देखिएन उत्साह’

Hyundai Nepal
आज घट्यो नेप्से,‘अर्थमन्त्रीको उधारो आश्वासनप्रति देखिएन उत्साह’
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ६.२४ अंक अर्थात ०.३० प्रतिशतले घटेर २०६७.२९ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३१ प्रतिशतले घटेर ३६८.३९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०७ वटा कम्पनीको ९४ लाख ७८ हजार ९३३ कित्ता सेयर ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ । आज कारोबार भने बढेको छ । अघिल्लो दिन २ अर्ब ८२ करोड बढीको कारोबार भएको थियो ।  

आजको बजारबारे नेपाल इ्रन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष छोटलाल रौनियार भन्छन्, ‘बजार घट्नुमा अर्थमन्त्रीबाट आएको उधारो आश्वासन मुख्य कारकको रुपमा देखिएको छ । यसले लगानीकर्ता विश्वस्त देखिएनन् । अर्थमन्त्रीले काम गर्नलाई सुझाव मागिरहन आवश्यक नै छैन । अघिल्लो सरकारले अड्काएर राखेका ब्रोकर कमिसन घटाउने, पूँजीगत लाभकर घटाउने जस्ता काम गरेर लगानीकर्तालाई राहत दिन सकिन्छ ।’

Shivam Cement
CG Motors
Sagarmatha Cement

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,‘अघिल्लो साता लगातार दुई चारदिन बढेको बजारमा आज करेक्सन देखिएको छ । आज बजार घट्दा भोल्युम भने बढेको छ । जसलाई त्यति राम्रो भने मान्न  सकिदैन । ’

संसदमा गृहमन्त्रीको राजीनामा मागनु,राजनीतिक अस्थिरता बढ्नुले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको पौडेलले बताए । बजारमा छोटा–छोटा रिर्भसल क्याण्डल बनेको र बजार २१२३ भन्दा माथि लागेमा बजार सहज रुपमा २२ सयलाई ब्रेक गर्ने उनले दाबी गरे ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य १० वटा समूहमा रातो पोतिएको छ । आज वित्त समूह २.१० प्रतिशत,जीवन बीमा ०.०६ र लघुवित्त समूह २.०३ प्रतिशतले वृद्धि भए ।  

आज बैंकिङ समूह ०.७८, विकास बैंक ०.७३, होटल ०.५९,हाईड्रो ०.४८,लगानी ०.४१,उत्पादन तथा प्रशोधन १.३८,म्युचुअल फण्ड ०.४६,निर्जीवन बीमा ०.३१ अन्य ०.६५ र व्यापार समूह १.३१ प्रतिशतले घटे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । यो कम्पनीको आज २५ करोड ९७ लाख बढीको सेयर कारोबार भएको छ ।  

त्यस्तै सोनापुर मिनरल्सको १८ करोड ८९ लाख,गोर्खाज फाइनान्सको १५ करोड ८२ लाख,घोराही सिमेन्टको १० करोड १६ लाख र नेपाल फाइनान्सको ९ करोड ५५ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज तीनवटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बुद्धभुमि नेपाल हाईड्रो,सर्वोत्तम सिमेन्ट र धौलागिरी लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।  

यी कम्पनीहरुको सेयरमूल्य क्रमशः१०,१० र ९.९९ प्रतिशतले बढेको छ । इन्फिनीटी लघुवित्तको सेयरमूल्य ९.४५,भगवती हाईड्रोको ९.२९ र युनिक नेपाल लघुवित्तको सेयरमूल्य ९.०५ प्रतिशतले बढेको छ ।  

आज पिपुल्स पावरको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यो कम्पनीको सेयरमूल्य ६.९१ प्रतिशतले घटेको आज मैलुङ खोला जलविद्युतको ४.५१ र नेपाल हाईड्रो डेभलपर्सको सेयरमूल्य ३.५७ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.