शनिबार, फाल्गुन १०,२०८१ 09:20:58
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:20:58
IME remit
Global IME Bank Limited

यो साता सपोर्ट जोनमा बने रिभर्सल प्रकृतिका क्याण्डल, कस्तो रहँला आगामी साता ?

Hyundai Nepal
यो साता सपोर्ट जोनमा बने रिभर्सल प्रकृतिका क्याण्डल, कस्तो रहँला आगामी साता ?
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनमा बजार ३ दिन घट्यो भने २ दिन बढ्यो । अघिल्लो साता १९९८ अंकमा बन्द भएको बजार यो साता १९६६.२३ मा बन्द भयो । यस हिसाबले यो साता समग्रमा सेयर बजारमा ३२.५३ अंकको गिरावट आयो । अघिल्लो साता ३३.०३ अंकले बजारमा सुधार आएको थियो ।  

यो साता दोस्रो बजारमा १४.४९ अर्बको कारोबार भयो । अघिल्लो साता बजारमा १४.५७ अर्बबराबरको कारोबार भएको थियो ।  यस हिसाबले यो साता दोस्रो बजारमा नेप्से सूचक र कारोबार दुबै घट्यो । यो साता बजार पूँजीकरण ३१ खर्ब १७ अर्ब रह्यो । अघिल्लो साता बजार पूँजीकरण ३१.६९ खर्ब कायम थियो । यस हिसाबले यो साता बजारमा गिरावट आउँदा बजार पूँजीकरण ५२ अर्बले घटेको छ ।  

क्याण्डल स्टिकको आधारमाः

क्याण्डल स्टिकको विकास १८ औं शताब्दिमा भएको पाइन्छ । त्यस बेला जापानका एक धान व्यापारी म्यूनिहोसा होमाले क्याण्डल स्टिकको प्रयोग गरेको पाइन्छ । पछि सन् १९९१ मा एक पुस्तकमार्फत यसको प्रकाशन भएको थियो । हाल यसको प्रयोग संसारका स्टक मार्केट , कमोडिटिज बजार तथा क्रिप्टोकरेन्सिको मूल्य उत्तार चढाब हेर्न उपयोग गरिन्छ । यसले छिटो संकेत दिने गर्छ ।  

नेप्सेको साप्ताहिक चार्टमा यो साता वियरिस प्रकृतिको क्याण्डल बनेको छ । क्याण्डल स्टिकमार्फत नै डेली बेसमा हेर्दा भने रिर्भस प्रकृतिका डोजी र ह्याम्मर क्याण्डल बनेका छन् । यसले बजारमा आपूर्ति हराउँदै गएको भन्ने बुझिन्छ । लामो समयको वियरिस यात्रा पछि राता क्याण्डल पछि यस्ता क्याण्डल बनेको कारण आगमी साता बजारमा सुधार आउन सक्ने देखिन्छ । तर कन्फरमेसनको लागि भने बजार कारोबार तथा भोल्युमसहित १९८० भन्दा माथि बन्द हुनु पर्ने छ । यस्ता क्याण्डलहरु सापोर्ट जोन १९६० आसपासमा बनेका कारण पनि बजार संम्भावित रुपमा रिभर्सल लिंदै गरेको मान्न सकिन्छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

फिवोनासी सिद्धान्तका आधारमा  

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ । बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ । यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ । ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन् ।  

यो सिद्धान्तअनुसार यदि बजार घटेमा ०.२३ को टेवा २१२३, ०.३८ को टेवा २०६० तथा ०.५ को टेवा २०१४ र ०.६१ को टेवा १९६० सम्म बजार आउन सक्ने देखिन्छ ।  

बोलिङगर ब्याण्ड , म्याक्ड र आरएसआइ  

डेली बेसमा बोलिङगर ब्याण्डको आधारमा यो साता पनि बजार लोवर ब्याण्डमा चलेको छ । तर मध्य ब्याण्डबाट ब्रेक गरेर माथि जान सकेको छैन । यस आधारमा यदि बजार १९८८ भन्दा माथि लागेमा अप ट्रेन्ड लागेको मानिने छ । म्याक्डीमा पनि वियरिस क्रस क्रसओभर भ्यालिड नै रहेको छ । आरएसआई पनि यस अघि ५० को विन्दुमा प्रतिरोध लिएर ४० मा पुगेको छ । समग्रमा हेर्दा यो साताको बजारले कुनै कन्फरमेसन दिएको देखिदैन । यदि आगामी दिनमा आरएसआई ५० भन्दा माथि र मूल्य रेखा मध्य ब्याण्डभन्दा माथि लागेमा बजारले माथिको यात्रा तय गर्न सक्ने छ ।  

पिभट् विश्लेषण  

पिभट विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतार चढाव निकालिन्छ ।

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –२०९०

प्रतिरोध २ –२०५८

प्रतिरोध १– १९२८

पिभट प्वइन्टः १९९६

घटेमा सपोर्ट  

सपोर्ट १– १९६६

सपोर्ट २– १९३५

सपोर्ट  ३ –१९०५

निष्कर्ष  ः यो साता दोस्रो बजारमा ६ दिनमात्रै सेयर कारोबार भयो । जसमा बजार  ३ दिन घट्यो भने २ दिन बढ्यो । अघिल्लो साता ३३ अंकले बढेको बजार यो साता पनि लगभग ३२.५ अंकले घट्यो । यो साता दोस्रो बजारमा करिब १९६० को सपोर्ट विन्दु तथा फिवोनासीको ०.६१ आसपासमा सपोर्ट लिएको छ । प्राविधिक रुपमा यो साताको बजारले खरिदको लागि भने कुनै कन्फरमेसन दिएको देखिदैन ।  

यदि आगामी दिनमा यो साता १९६६ मा बन्द भएको बजार यदि १९८० भन्दा माथि भोल्युमसहित कारोबार हुन्छ भने बजारले माथिको यात्रा तय गर्न सक्छ । यो साताको बजारलाई उप समूह अन्तगर्त हेर्दा माइक्रो फाइनान्स र होटल्स समूह सकरात्मक रहे भने, अरु सबै ११ वटा नै उप समूहमा रातो पोतियो । क्याण्डल स्टिकबाट नियाल्दा यो साता सपोर्ट जोनमा रिभर्सल प्रकृतिका क्याण्डल बनेका छन् । यसले सम्भावित रुपमा बजार युर्टन लिन सक्ने सक्ने संकेत गर्छ । यद्यपि अहिले नै यो निश्चित भने भई सकेको अवस्था भने होइन ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.