बिहीबार, बैशाख ११,२०८२ 07:47:36
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 07:47:36
IME remit
Global IME Bank Limited

पाचँ दिनपछि नेप्सेमा हरियाली, जानकार भन्छन्,‘ दीर्घकालिन वृद्धिका लागि नीतिगत सुधार आवश्यक’

Hyundai Nepal
पाचँ दिनपछि नेप्सेमा हरियाली, जानकार भन्छन्,‘ दीर्घकालिन वृद्धिका लागि नीतिगत सुधार आवश्यक’
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.६२ प्रतिशत अर्थात १२.२९ अंकले बढेर १ हजार ९८४.४३ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०८ प्रतिशतले बढेर ३५०.७५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा कम्पनीको ६३ लाख ९३ हजार २४५ कित्ता सेयर २ अर्ब २५ करोड ९९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार महेश रिजाल भन्छन्, ‘आजको बढोत्तरीलाई लामो समयपछि आएको अल्पकालिन बढोत्तरीको रुपमा लिन सकिन्छ । दीर्घकालमा बजार बढ्न भने नीतिगत सुधारको विकल्प छैन । बजारको स्पष्ट दिशा भने केहि दिनको कारोबार पछि मात्रै निर्धारण हुन्छ ।’

अर्थशास्त्री सूर्यनारायण पैडेल भन्छन्,‘धेरै दिन घटेको बजार आज सर्पोट लेभलबाट फर्केको छ । मेरो विचारमा बजार १९५० बाट तल जादैन भन्ने हो । अर्थमन्त्रीले आइएमएफ र विश्व बैंकसँग परिणाममुखि छलफल गरेर आएको सुन्नमा आएको छ । आउँदै गरेको लगानी सम्मेलनबाट केहि नयाँ  आउन सक्ने संकेत देखिएको छ ।’

प्राविधिक रुपमा आज सर्पोट जोनमा ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ र अर्को क्याण्डल बुलिस प्रकृतिको क्याण्डल बनेमा बजारले अपट्रेण्ड लिने पौडेलले बताए ।    

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा समूहबाहेक अन्य सबै समूहमा हरियाली छायो । आज उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा धेरै वृद्धि देखियो । यो समूह १.९० प्रतिशतले बढेको आज विकास बैंक १.०८,वित्त ०.५०,होटल ०.३१,हाईड्रो १.१५,लगानी ०.८४,जीवन बीमा ०.४१,निर्जीवन बीमा ०.९४,अन्य ०.९५ र व्यापार समूह ०.१८ प्रतिशतले बढे ।    

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन गोर्खाज फाइनान्सको सर्वाधिक अर्थात १० करोड २१ लाख बढीको सेयर कारोबार भएको छ ।  

त्यस्तै आज सर्वोत्तम सिमेन्टको ७ करोड ८८ लाख,पिपुल्स पावरको ७ करोड १९ लाख,रुरु जलविद्युतको ६ करोड ८८ लाख र पोखरा फाइनान्सको ६ करोड ६५ लाख बढीको सेयर कारोबार भएको छ ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन दोल्ती पावरको सेयरमूल्य सबैभन्दा धेरै बढ्यो । यो कम्पनीको सेयरमूल्य आज ९.९८ प्रतिशतले बढ्यो । आज एनआईसी एशिया लघुवित्तको सेयरमूल्य ८.४७ प्रतिशत,रुरु जलविद्युत कम्पनीको ८.१८अपर हेवाखोलाको ७.२५ र सर्वोत्तम सिमेन्टको सेयरमूल्य ६.५४ प्रतिशतले बढ्यो ।  

आज पिपुल्स पावरको सेयरमूल्य सर्वाधिक अर्थात ७.४६ प्रतिशतले घट्यो । खानीखोला हाईड्रोको सेयरमूल्य आज ५.४७ प्रतिशत,सूर्यज्योति लाइफको ४.९७,गुराँस लाइफको ४.६८ र गोर्खाज फाइनान्सको सेयरमूल्य ४.०१ प्रतिशतले घटेको छ ।    

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.