बुधबार, श्रावण २०,२०८३ 01:58:19
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 01:58:19
Bizshala
Global IME Bank Limited

नेप्सेको उत्कृष्ठ सुरुवात, २० मिनेटमा झण्डै साढे २ अर्बको कारोबार

नेप्सेको उत्कृष्ठ सुरुवात, २० मिनेटमा झण्डै साढे २ अर्बको कारोबार
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिनको सुरुवाती सत्रमा नेप्सेले राम्रो सुरुवात गरेको छ । आज प्रि–ओपन सेशनमा १३ अंकले बढेको नेप्सेले नियमित कारोबारमा समेत वृद्धिलाई कायम राखेको छ ।  

नेप्से परिसूचक कारोबार खुलेको ५ मिनेटमा नै ४४ अंकले बढेको छ । यो वृद्धिसँगै नेप्से परिसूचक २ हजार ८१२ विन्दुमा पुगेको छ । आज १९७ कम्पनीको सेयरमूल्य बढेको छ भने २३ वटाको घटेको छ । यो समाचार तयार पार्दासम्म ५० लाख ६४ हजार कित्ता सेयरको २ अर्ब ४५ करोड रुपैयाँबराबरको कारोबार भएको छ ।  

अहिलेसम्म मिड सोलु हाईड्रोको सेयरमूल्यमा मात्रै अपर सर्किट लागेको छ । आज शिवम् सिमेन्टको सर्वाधिक अर्थात २६ करोड २१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । आज हिमालयन रि इन्स्योरेन्सको सेयर माग धेरै भएको छ । अहिलेसम्म हिमालयन रि को १ लाख ५३ हजार कित्ता सेयर माग भएको छ ।  

१३ वटा समूहमध्ये ३ वटा समूह बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । आज लघुवित्त समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.