बिहीबार, बैशाख ३१,२०८३ 06:51:01
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 06:51:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सलिकोसहित १४ बीमा कम्पनीको सेयरभाउ घट्यो, प्रभु इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक कमाए

Laxmi Sunrise Bank Limited
सलिकोसहित १४ बीमा कम्पनीको सेयरभाउ घट्यो, प्रभु इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक कमाए
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३.२७ अंकले बढेर २०७३ विन्दुमा पुगेको छ ।  

नेप्सेमा सूचीकृत ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४२४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ९ वटा समूहमा हरियाली छाएको छ भने ४ वटा समूह राताम्य भएका छन् ।  

बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.०५ प्रतिशतले बृद्धि भएको छ भने निर्जीवन बीमा समूह ०.१० प्रतिशतले बृद्धि भएको छ ।  

आज ११ वटा बीमा कम्पनीको सेयरभाउ बृद्धि भएको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्नेमा प्रभु इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.३६ प्रतिशतले बृृद्धि भई ७८३ रुपैयाँ ५० पैसा पुगेको छ ।  

Bizshala
New Office
CG Motors

त्यस्तै, सुर्यज्योति लाइफको १.११ प्रतिशत, सानिमा जिआइसीको ०.९२ प्रतिशत, एलआइसी नेपालको ०.८८ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.५४ प्रतिशत, हिमालयन एभरेष्टको ०.५० प्रतिशत, सिटिजन लाइफको ०.३९ प्रतिशत, आरबीसीएलको ०.३८ प्रतिशत, सन नेपाल लाइफको ०.१६ प्रतिशत र हिमालयन रि इन्स्योरेन्सको ०.०८ प्रतिशतले सेयरभाउ बढेको छ ।  

त्यस्तै आज सर्वाधिक गुमाउने अर्थात सेयरभाउ घट्ने बीमा कम्पनीमा सलिको रहेको छ । कम्पनीको सेयरभाउ १.५२ प्रतिशलते घटेर ६८२ रुपैयाँ कायम भएको छ । त्यस्तै, रिलायबल नेपाल लाइफको ०.८८ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.८४ प्रतिशत, नेपाल रि को ०.६५ प्रतिशत, एनएलजीको ०.६३ प्रतिशत, नेको इन्स्योरेन्सको ०.६१ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.५६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.५५ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.५२ प्रतिशत, युनाइटेड अजोडको ०.५१ प्रतिशत, आइएमई लाइफको ०.३७ प्रतिशत, हिमालयन लाइफको ०.२४ प्रतिशत, नेशनल लाइफको ०.१८ प्रतिशत र नेपाल लाइफको ०.१६ प्रतिशतले सेयरभाउ घटेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.