आईतवार, फाल्गुन ११,२०८१ 02:07:47
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:07:47
IME remit
Global IME Bank Limited

यो साता नेप्सेको चार्टमा बन्यो वियरिस मारुबुजु क्याण्डल, कस्तो रहँला आगामी साता ?

Hyundai Nepal
यो साता नेप्सेको चार्टमा बन्यो वियरिस मारुबुजु क्याण्डल, कस्तो रहँला आगामी साता ?
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । ४ दिनमा बजार ३ दिन घट्यो  भने १ दिनमात्रै बढ्यो । अघिल्लो साता २११२.२९ को विन्दुमा बन्द भएको बजार यो साता २०६८.९१ विन्दुमा बन्द भयो । यस हिसावले यो साता सेयर बजारमा ४३.३८ अंकको गिरावट आयो ।  

अघिल्लो साता बजारमा ३४.५१ अंकको बढोत्तरी आएको थियो । यो साता दोस्रो बजारमा १६.८ अर्बको कारोबार भयो । अघिल्लो साता २८.५७ अर्बको कारोबार भएको थियो । यस हिसाबले यो सातापनि दोस्रो बजारमा नेप्से परिसूचक र कारोबार दुबै घट्यो । अघिल्लो साता भने दोस्रो बजारमा नेप्से सूचक र कारोबार दुबैमा बढोत्तरी आएको थियो ।  

यो साता बजार पूँजीकरण ३२.७९ खर्ब रह्यो । अघिल्लो साता बजार पूँजीकरण ३३ खर्ब ४९ अर्ब रहेको थियो । यस हिसाबले यो साता बजारमा गिरावट आँउदा ७० अर्बले बजार पूँजीकरण घट्न पुगेको छ ।

फिवोनासीका आधारमा

फिवोनासी एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गर्छ । बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ । यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ । ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन् ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

यो सिद्धान्तअनुसार पछिल्लोपटक १९६० विन्दुलाई आधार बनाएर माथि लागेको बजार करिब २१५० विन्दुसम्म पुग्यो । यस आधारमा न्यून विन्दुबाट उच्च विन्दुसम्म फिवोनासी तानेर हेर्दा बजारले यो साता ०.३८ प्रतिशतको २०७५ को सपोर्टलाई ब्रेक गरेर तल आएको छ । यस हिसाबले यो साता २०६८ विन्दुमा बन्द भएको बजार अब ०.५ को सपोर्ट लिन आँउछ भने त्यो २०५० विन्दुसम्म र अधिक करेक्सन आएमा बजारले ०.६१ प्रतिशतको करेक्सन २०३० विन्दुसम्म आउन सक्छ । यस हिसाबले हेर्दा बजार अल्पकालमा केही करेक्सन देखिएको तर दीर्घकालमा भने बजार अप ट्रेन्ड नै रहेको देखिन्छ ।  

बोलिङगर ब्याण्ड , म्याक्डी एण्ड आरएसआई  

साप्ताहिक रुपमा बजारलाई बोलिङ्गर ब्याण्डमार्फत नियाल्दा अघिल्लो साता अपर ब्याण्डमा प्रतिरोध लिएरको बजारमा यो साता करेक्सन आएको छ । यो साता करेक्नस आएको बजारले आगामी साता पनि करेक्सन लिन्छ भने त्यो मध्य ब्याण्डसम्म आउन सक्छ । त्यो भनेको करिब २०३७ को विन्दुमा देखिन्छ । साप्ताहिक रुपमा म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । आरएसआई करिब ६० को तहबाट खसेर हाल न्युट्रल जोन भन्दामाथि ५३ को विन्दुमा रहेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजारमा यो साता अल्पकालिन करेक्नस चलेको देखिन्छ । साप्ताहिक रुपमा नै क्याण्डल स्टिकको आधारमा बजारलाई नियाल्दा वियरिस मारुब्ुजु प्रकृतिको क्याण्डल बनेको देखिन्छ । यसले बजारमा आगामी साता पनि बिक्री दबावले निरन्तरता पाउन सक्ने बुझिन्छ ।  

पिभट् विश्लेषण

पिभट् विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –२२०६

प्रतिरोध २ –२१७०

प्रतिरोध १– २१४१

पिभट प्वइन्टः २१०५

घटेमा सपोर्ट  

सपोर्ट १– २०७६

सपोर्ट २– २०३९

सपोर्ट  ३ –२०१०

निष्कर्षः  अघिल्लो साता ३४.५१ अंकले बढेको बजारमा यो साता ४३.४८ अंकले गिरावट आयो । यो साता बजार घट्दा कारोबार र भोल्युममा पनि गिरावट आयो । प्राविधिक रुपमा बजारलाई नियाल्दा यो साता फिवोनासीमा ०.३८ प्रतिशतले करेक्सन आएको बजारको घटाईले यदि आगामी साता पनि निरन्तरता पाँउछ भने बजारले ०.५ को करेक्सन २०५० को विन्दुसम्म र अधिक करेक्सन भएको खण्डमा ०.६१ प्रतिशतको करेक्सन २०३० आसपास हुन सक्छ । त्यस पछि भने बजारले एउटा करेक्सन सकेर पुन ः माथिको यात्रा तय गर्न सक्छ ।

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेष्ण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.