बुधबार, असार १०,२०८३ 03:57:05
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:57:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लगातार चार दिन ३४.६१ अंक बढ्यो बजार, कारोबारमा झिनो सुधार

Laxmi Sunrise Bank Limited
लगातार चार दिन ३४.६१ अंक बढ्यो बजार, कारोबारमा झिनो सुधार

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ५.७४ अंक अर्थात ०.२७ प्रतिशतले बढेर २ हजार ०९६.३८ बिन्दुमा पुगेको छ ।

यो सँगै बजार लगातार चार दिन बढेको छ । चार दिनको अवधिमा बजारमा ३४.६१ अंकको बढोत्तरी आएको छ ।  

New Office
CG Motors
Garima Development Bank

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१७ प्रतिशतले बढेर ३७८.६४ बिन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा कम्पनीको ९१ लाख ७१ हजार ७१० कित्ता सेयर ३ अर्ब २१ करोड २२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारको विषयमा सूर्य नारायण पौडेल भन्छन्,‘यो साताभारी नै लगानीकर्ता पर्ख र हेरको अवस्थामा बसे । त्यसैले बजारमा ठूलो उतारचढाव भएन  ।’

उनका अनुसार अहिले बजारमा ट्रेडरहरु हावी छन् । बजार बढ्नलाई बैंकहरु नै बढ्नुपर्ने पौडेलको धारणा छ । आज ३ अर्ब माथिको कारोबार हुनुले बजारमा सेयर जम्मा गर्ने क्रम पनि बढेको उनले बताए ।  

अर्का बजार जानकार विरेन्द्र विष्टको विचारमा पनि लगानीकर्ताले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा कुरेका छन् । उनले थपे,‘लगानीकर्तामा राष्ट्र बैंकप्रति विश्वास नहुँदा बजार बढ्न नसकेको हो ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा उपसूचक बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । आज हाईड्रो समूहमा सबैभन्दा धेरै अर्थात १.४४ प्रतिशतको वृद्धि देखिएको छ ।  

त्यस्तै विकास बैंक उमूह ०.६३,वित्त ०.१७,होटल ०.३३,लगानी ०.०९,उत्पादन तथा प्रशोधन ०.२६,लघुवित्त ०.५५,निर्जीवन बीमा ०.३८ र व्यापार समूह १.१२ प्रतिशतले बढे ।  

यो दिन बैंकिङ समूह ०.०४,जीवन बीमा ०.११,म्युचुअल फण्ड १ र अन्य समूह ०.६६ प्रतिशतले घटे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज पनि हिमालयन रि इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । यो दिन कम्पनीको १८ करोड ८७ लाख बढीको सेयर कारोबार भएको छ ।  

त्यस्तै चन्द्रागिरी हिल्सको ८ करोड ७६ लाख,अपि पावरको ७ करोड ७५ लाख ङादी ग्रुप पावरको ७ करोड ३० लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको ६ करोड ९२ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज तीनवटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सक्रिट लागेको छ । आज समाज लघुवित्त,वृद्धभुमी नेपाल हाईड्रो र त्रिशुली विद्युत कम्पनीको सेयरमूल्यमा सकारात्मक सक्रिट लागेको छ । यी कम्पनीहरुको सेयरमूहल्य क्रमशः१०,९.९९ र ९.८४ प्रतिशतले बढ्यो ।  

त्यस्तै मायोखोला हाईड्रोपावरको सेयरमूल्य ७.७८,स्वेत गंगा हाईड्रोपावरको ७.४९ र इङग्वा हाईड्रोको सेयरमूल्य ७.३६ प्रतिशतले बढ्यो ।  

आज गणपति  लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ३.६६ प्रतिशतले घट्यो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.