मंगलवार, असार १७,२०८२ 01:23:04
  • मंगलवार, असार १७,२०८२ 01:23:04
Global IME Bank Limited

यो साता नेप्सेको साप्ताहिक चार्टमा बन्यो इभिनिङ स्टार, कस्तो रहला आगामी साता ?

Hyundai Nepal
यो साता नेप्सेको साप्ताहिक चार्टमा बन्यो इभिनिङ स्टार, कस्तो रहला आगामी साता ?
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । सोमबार श्रीकृष्ण जन्माष्टमी परेको कारण दोस्रो बजारमा सेयर कारोबार हुन सकने । ४ दिनको कारोबारमा यो साता ३ दिन बजार घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २९७४.४६  विन्दुमा बन्द भएको बजार यो साता २७४९.५७ को विन्दुमा बन्द भयो ।  

यस हिसाबले यो साता सेयर बजारमा २२४.८९ अंकको गिरावट आयो । अघिल्लो साता भने बजार २६.३५ अंकले बढेको थियो ।  

यो साताको ४ दिनको कारोबारमा कुल ६४.३६ अर्बबराबरको कारोबार भयो । अघिल्लो साता भने ६६.९० अर्बराबरको कारोबार भएको थियो । यो साता बजार पूँजीकरण ४३.६६ खर्ब रुपैयाँ पुगेको छ । अघिल्लो साता भने बजार पूँजीकरण ४७.२४ खर्ब रुपैयाँ रहेको थियो । यस हिसाबले यो साता नेप्से घट्दा बजार पूँजीकरण पनि ३.५८ खर्बले घटेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

प्राविधिक पक्षः  

क्याण्डल स्टिकको आधारमा  

यो साता बजारमा  बजारमा हाल ‘इभिनिङ स्टार’ प्याट्रन देखा परेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ ।  

यदि नेप्सेको चार्टमा पहिलो क्यान्डल हरियो मारुबुजु बन्छ र त्यसपछि डोजी क्यान्डल बनेर तेस्रो क्याण्डल रातो मारुबुजु क्यान्डल बन्छ भने त्यसलाई इभिनिङ स्टार भनिन्छ ।  

यसविपरीत यदि घट्दो बजारमा रातो मारुबुजु क्यान्डल र हरियो मारुबुजु क्यान्डलको बीचमा डोजी क्यान्डल बन्छ भने त्यसलाई मर्निङ स्टार भनेर बुझिन्छ । यसले बढ्दो बजारलाई संकेत गर्छ । लगातार ३ साता बनेको क्याण्डलहरुलाई मिलाएर हेर्दा बजारमा यो साता इभिनिङ स्टार बनेको छ ।

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डबाट बजारलाई डेली बेसमा हेर्दा बजार यो साता मध्य ब्याण्डबाट तल खसेको छ । यसले बजार तल्लो ब्याण्डसम्म आउन सेक्ने देखिन्छ । म्याक्डीमा अघिल्लो साता नै वियरिस क्रसओभर देखिएको छ । आरएसआई र मनी फ्लो इन्डेक्स दुबैमा बजार कमजोर बन्दै गरेको देखिन्छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा बजारमा यो साताको गिरावटले आगामी साता पनि निरन्तरता पाउन सक्ने देखिन्छ । अर्थात यो साताको बजारले रिभर्सल हुने कुनै संकेत दिएको देखिदैन ।  

फिवोनासी एक्सटेन्सन

फविोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतसिम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषयलाई अनुपातका आधारमा संकेत गरेको हुन्छ । बढ्दा पन िकति–कति प्रतशितमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकन्छि । यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ । ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतशित हुन्।  

बजारको ०.२३ प्रतिशतको सपोर्ट २८०२ , ०ं३८ प्रतिशतको सपोर्ट २६६०, ०.५ को सपोर्ट २५३८ र ०.६१ प्रतिशतको सपोर्ट २४२१ रहेको छ । यो साताको बजारले ०.२३ प्रतिशतको सपोर्ट भत्काईसकेको कारण आगामी साता ०.३८ प्रतिशतको विन्दुमा बलियो सपोर्ट लिन सक्छ ।  

निष्कर्षः यो साता सेयर बजारमा करिब २२५ अंकको गिरावट आएको छ । बजारमा उच्च गिरावट आँउदा कारोबार अघिल्लो साताकै हाराहारीमा आएको छ । बिगतको बजारको अवस्थलाई नियाल्दा बढ्दो बजारमा उच्च कारोबार पछि बजार खस्ने र भोल्युम ड्राई भएपछि मात्रै बजार बढ्ने सिनारियो बजारमा देखिन्छ । यस हिसाबले हेर्दा आगामी साता बजार दिगो रुपमा नै बढ्ने अहिले नै कुनै आधार बजारमा देखिदैन ।  

तर, बजार सधैं बढेको बढ्यै र घटेको घट्यै नगर्ने भएकाले आगामी साता बजारमा केही बाउन्स आउन पनि सक्छ । त्यो भनेको इलिअट वेभको बी वेभ हुन सक्छ । बजारको पछिल्लो अवस्थालाई विभिन्न इन्डिकेटर, प्राइस एक्सन र इलिअट वेभ तथा हाम्रो बजार अनुसन्धानलाई समेत जोडेर हेर्दा बजार दशैं अगाडीसम्म  एबीसी चक्रमा नै चल्न सक्छ । आगामी कुनै पनि कारोबारमा बजारमा बी वेभको बढोत्तरी भने आउन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण काराबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.