इलिअट वेभमा ‘सी’ वेभको करेक्सन चल्दै गरेको बजारमा ‘रिस्क रिवार्ड रेसियोमा’ कति जोखिम ?
काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । चार दिनमा बजार २ दिन घट्यो भने २ दिन बढ्यो । अघिल्लो साता २ हजार ६३१ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ५८६ विन्दुमा बन्द भएको छ । यस हिसाबले यो साता ४४.४८ अंकले बजारमा गिरावट आयो । अघिल्लो साता नेप्से करिब ३४ अंकले बढेको थियो । यो साता नेप्सेमा १९ अर्ब ३५ करोडबराबरको सेयर कारोबार भयो । अघिल्लो साता नेप्सेमा १९ अर्ब ४८ करोड...