शनिबार, असार १४,२०८२ 06:26:22
  • शनिबार, असार १४,२०८२ 06:26:22
Global IME Bank Limited

यो साता ३७.८१ अंकले बढेको बजारमा फाइनान्स र जलविद्युत क्षेत्रमा आकर्षण, कस्तो रहला आगामी साता ?

Hyundai Nepal
यो साता ३७.८१ अंकले बढेको बजारमा फाइनान्स र जलविद्युत क्षेत्रमा आकर्षण, कस्तो रहला आगामी साता ?
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता पनि सेयर बजारमा ५ दिन नै सेयर कारोबार भएको थियो । यो साता ५ दिन कारोबारमा बजार ३ दिन घट्यो भने २ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ६२३.३८ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६६१.६४ को विन्दुमा बन्द भयो ।  

यस हिसाबले यो साता सेयर बजार ३७.८१ अंकले बढ्यो । अघिल्लो साता भने बजार ३४.१९ अंकले घटेको थियो । यो साता ५ दिन कारोबारमा ४७ अर्ब ७९ करोडको सेयर कारोबार भयो । अघिल्लो साता दोस्रो बजारमा  ३६ अर्ब ७३ करोडबराबरको कारोबार भएको थियो । यो साता बजार पूँजीकरण ४४ खर्ब २७ अर्ब रह्यो । अघिल्लो साता बजार पूँजीकरण ४३ खर्ब ६२ अर्ब रहेको थियो । यस हिसाबले यो साता नेप्से परिसूचक र कारोबार दुबै बढ्यो भने बजार बढ्दा लगानीकर्ताको सम्पत्ति ६५ अर्बले बढ्यो ।  

CG Motors
Muktinath Bikas Bank Limited

क्याण्डल स्टिकको आधारमा  

लगातार २ साता घटेको बजार यो साता बढेको छ । यो सँगै यो साता बुलिस प्रकृतिको क्याण्डल बनेको छ । गएको २ सातामा बजारले २६ सयको विन्दुमा सपोर्ट लिएको छ । गएको ७ सातादेखि २७३५ विन्दुभन्दा माथि जान सकेको छैन । यस हिसाबले पछिल्लोपटक बजारमा एउटा साइडवेजको प्याट्रन चलेको देखिन्छ । पछिल्लोपटक साप्ताहिक रुपमा पनि बजारमा कारोबार तथा भोल्युम भने बढ्दो अवस्थामा रहेको देखिन्छ । यस हिसाबले आगामी साताहरुमा पनि यदि बजार २५८० विन्दुभन्दा तल गएको खण्डमा केही बिक्री दबाब र २७३५ भन्दा माथि लागेमा अप ट्रेन्ड लिनसक्ने सम्भावना रहन्छ ।  

यसैगरि, बजारलाई केही लामो समय अवधिमा नियाल्दा भने बुलिस फ्ल्याग बनेको देखिन्छ । यो प्याटर्न भनेको बुलिस प्यार्टन हो । यस्तो प्यार्टनले बजार बुलिस यात्रामा रहेको बुझिन्छ ।  यसैगरि बजारलाई डाउ थेउरीबाट नियाल्दा पनि नयाँ हायर हाई बनाउन पनि नसकेको र  हायर लो पनि बनिनसेको कारण हालको बाजर साइवेजमै चलेको देखिन्छ ।  

सुपर ट्रेन्डको आधारमा  

सुपर ट्रेन्डको आधारमा बजार गएको फागुन २५ गतेदेखि बियरिस यात्रामा रहेको देखिन्छ । सुपर ट्रेन्डमा यदि मूल्य रेखाहरु ट्रेन्ड लाइन भन्दा तल चलेमा बियरिस र माथि चलेमा बुलिस भन्ने बुझिन्छ । अर्थात ट्रेन्डको रंग रातो भएमा बियरिस र हरियो भएमा बुलिस भन्ने हो । यस आधारमा यदि बजार आगामी दिनमा २७०५ भन्दा माथि चलेमा बुलिस बन्दै गरेको बुझिन्छ । 

 

क्षेत्रगत रुपमा हालको बजारको अवस्था कस्तो ?

क्षेत्रगत रुपमा हेर्दा यो साता वाणिज्य बैंकमा बिस्तारै सुधार आएको देखिन्छ । त्यसैगरि विकास बैंक, उत्पादन र लघुवित्तमा सामान्य सुधार , फाइनान्स र जलविद्युतमा बुलिस प्रकृतिको क्याण्डल बनेको छ । होटल्स् , म्यूचूअल फण्ड , लाइफ र नन लाइफ क्षेत्रमा पनि यो साता सुधार देखिन्छ ।  त्यसैगरि यो साता कारोबार ,  लगानी र अन्य क्षेत्रमा बिक्री दबाब परेको देखिन्छ । यस हिसाबले आगामी साता पनि जलविद्युत र फाइनान्स समूहमा केही आकर्षण हुन सक्छ ।  

निष्कर्षः अघिल्लो साता घटेको बजारमा यो साता सुधार आयो । यो साताको पाँच दिनको कारोबारमा कारोबार  र सूचक दुबैमा सुधार आयो । बजारले पछिल्लोपटक २६ सय विन्दु आसपासमा बलियो सपोर्ट लिएको देखिन्छ । यो साता २६६१ विन्दुमा बन्द भएको बजार यदि आगामी साता २७३५ विन्दुभन्दा माथि टिक्छ भने बजारले अप ट्रेन्ड लिएको मान्न सकिन्छ । अन्यथा यो बीचमा चलेको बजारलाई साइडवेज नै चलेको बुझिने छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.