बुधबार, श्रावण २०,२०८३ 12:02:27
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 12:02:27
Bizshala
Global IME Bank Limited

नेप्सेको साप्ताहिक चार्टमा ‘बुलिस ह्याम्मर’क्याण्डल, सम्हालिने प्रयास गर्दै बजार

नेप्सेको साप्ताहिक चार्टमा ‘बुलिस ह्याम्मर’क्याण्डल, सम्हालिने प्रयास गर्दै बजार
New Office

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता पनि सेयर बजारमा ५ दिन कारोबार भएको थियो । यो साता  ५ दिनको कारोबारमा बजार ३ दिन बढ्यो भने २ दिन घट्यो । अघिल्लो साता २ हजार ६६९.३१ अंकमा बन्द भएको बजार यो साता २ हजार ६६३.३ विन्दुमा बन्द भएको थियो ।  

यस हिसाबले यो साता बजार ६.०१ अंकले घट्यो । अघिल्लो साता भने बजार ६७.१७ अंकले घटेको थियो । यो साता दोस्रो बजारमा ५ दिन कारोबारमा २५ अर्ब ४१ करोडको सेयर कारोबार भयो । अघिल्लो साता  २६ अर्ब २९ करोडको कारोबार भएको थियो । यस हिसाबले यो साता दोस्रो बजारमा नेप्से परिसूचक र दैनिक औषत कारोबार दुबै घट्यो । योसँगै लगातार ४ साता सेयर बजार घट्यो । तर अघिल्लो साताको तुलनामा यो साता बजार घट्ने क्रम भने घटेको छ । यो साता बजार पूँजीकरण ४४ खर्ब २२ अर्ब रह्यो । अघिल्लो साता बजार पूँजीकरण ४४ खर्ब ३२ अर्ब रहेको थियो । यस हिसाबले यो साता बजार घट्दा लगानीकर्ताको सम्पत्ति १० अर्बले घट्यो । 

प्राबिधिक पक्षः  

क्याण्डल स्टिकको आधारमा  

यो साता नेप्सेको चार्टमा ‘बुलिस ह्याम्मर’ क्याण्डल बनेको छ । यस्तो क्याण्डल तल लामो धागोसहितको बन्ने गर्छ । यदि साताको सुरुवाती कारोबारहरुमा बजार घटेर कारोबार भयो तर अन्तिम कारोबारहरुमा बजार सम्हालिएर सुरुको सूचक तथा अन्तिमको बिन्दु एउटै हुन्छ भने ह्याम्मर क्याण्डल बन्ने गर्छ । यसले घट्दो बजारलाई ह्याम्मरले हिट गरेका बुझिन्छ । अर्थात बिक्रीकर्ता बिस्तारै पछि हट्दै गएको मानिन्छ । यस्तो अबस्थामा सम्भाबित रुपमा बजारमा रिभर्सलको सम्भावना रहन्छ । तर यसको निश्चितताको लागि आगामी कारोबारमा बुलिस प्रकृतिको क्याण्डल बनेर बजार २७३५ को विन्दुमा बन्द हुनु पर्नेछ । यो साताको बनेको क्याण्डल ४ साता पहिले बनेको शुटिङ स्टारको बिपरित क्याण्डल हो ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

साप्ताहिक चार्टमा बोलिङ्गर ब्याण्डबाट नियाल्दा यो साता बजारले बोलिङ्गरको तल्लो ब्याण्डमा ह्याम्मर प्रकृतिको क्याण्डल बनाएको छ । यो साता तल्लो ब्याण्डमा चलेको बजार यदि आगामी साता मध्य ब्याण्ड अर्थात २६९० विन्दुभन्दा माथि टिकेर कारोबार हुन्छ भने बजारले अप ट्रेन्ड लिन सक्छ । साप्ताहिक रुपमा नै बजारलाई म्याक्डीबाट नियाल्दा केही समय पहिले बनेका बियरिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्रामहरु पनि नकारात्मक नै रहेका छन् । साप्ताहिक चार्टमा आरएसआई भने न्यूट्रल जोन अर्थात नन ट्रेडिङ जोनमा चलेको छ ।  

ट्रेन्डलाइनको आधारमा  

ट्रृेन्डलाईनको आधारमा यो साता बजारले पहिलो प्रतिरोध २६६० विन्दुलाई प्रतिरोध सामना गरेर माथि लागेको देखिन्छ । अब बजारले दोस्रो प्रतिरोध २७३५ विन्दुलाई प्रतिरोध सामना गर्नसक्छ । यहाँबाट पनि माथि लागेको खण्डमा बजारले अर्को प्रतिरोध २८३२ आसपास प्रतिरोध सामना गर्न पनि सक्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २७८९

प्रतिरोध २ – २७६५

प्रतिरोध १–  २७१७

पिभट् प्वइन्टः २६९१

घटेमा सपोर्ट  

सपोर्ट १– २६५०

सपोर्ट २– २६१८

सपोर्ट  ३ –२५७१

निष्कर्षः यो साता सेयर बजार ६ अंकले घट्यो । अघिल्लो साता बजारमा ६६.१७ अंकले गिरावट आएको थियो । यो साता सेयर बजारमा कारोबार र सूचक दुवैमा गिरावट आयो । अघिल्लो साताको तुलनामा यो साता बजार घटेता पनि घट्ने क्रम भने रोकियो । प्राविधिक रुपमा यो साताको बजारलाई बिभिन्न समय अवधिबाट नियाल्दा साप्ताहिक चार्टमा बुलिस ह्याम्मर क्याण्डल बनेको छ । बजार २०० दिनको मूभिङ एभरेज २५८० विन्दुबाट सपोर्ट लिएर फर्र्किएको छ । तर यो साता कारोबार र  भोल्युममा भने खासै सुधार आएको छैन । आरएसआईबाट नियाल्दा भने बजार ओभर सोल्डजोनबाट फर्केको देखिन्छ । यस हिसाबले हेर्दा यो साता बजार सम्हालिने खोज्दै गरेको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.