काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता पनि सेयर बजारमा ५ दिन कारोबार भएको थियो । यो साता ५ दिनको कारोबारमा बजार ३ दिन बढ्यो भने २ दिन घट्यो । अघिल्लो साता २ हजार ६६९.३१ अंकमा बन्द भएको बजार यो साता २ हजार ६६३.३ विन्दुमा बन्द भएको थियो ।
यस हिसाबले यो साता बजार ६.०१ अंकले घट्यो । अघिल्लो साता भने बजार ६७.१७ अंकले घटेको थियो । यो साता दोस्रो बजारमा ५ दिन कारोबारमा २५ अर्ब ४१ करोडको सेयर कारोबार भयो । अघिल्लो साता २६ अर्ब २९ करोडको कारोबार भएको थियो । यस हिसाबले यो साता दोस्रो बजारमा नेप्से परिसूचक र दैनिक औषत कारोबार दुबै घट्यो । योसँगै लगातार ४ साता सेयर बजार घट्यो । तर अघिल्लो साताको तुलनामा यो साता बजार घट्ने क्रम भने घटेको छ । यो साता बजार पूँजीकरण ४४ खर्ब २२ अर्ब रह्यो । अघिल्लो साता बजार पूँजीकरण ४४ खर्ब ३२ अर्ब रहेको थियो । यस हिसाबले यो साता बजार घट्दा लगानीकर्ताको सम्पत्ति १० अर्बले घट्यो ।
प्राबिधिक पक्षः
क्याण्डल स्टिकको आधारमा
यो साता नेप्सेको चार्टमा ‘बुलिस ह्याम्मर’ क्याण्डल बनेको छ । यस्तो क्याण्डल तल लामो धागोसहितको बन्ने गर्छ । यदि साताको सुरुवाती कारोबारहरुमा बजार घटेर कारोबार भयो तर अन्तिम कारोबारहरुमा बजार सम्हालिएर सुरुको सूचक तथा अन्तिमको बिन्दु एउटै हुन्छ भने ह्याम्मर क्याण्डल बन्ने गर्छ । यसले घट्दो बजारलाई ह्याम्मरले हिट गरेका बुझिन्छ । अर्थात बिक्रीकर्ता बिस्तारै पछि हट्दै गएको मानिन्छ । यस्तो अबस्थामा सम्भाबित रुपमा बजारमा रिभर्सलको सम्भावना रहन्छ । तर यसको निश्चितताको लागि आगामी कारोबारमा बुलिस प्रकृतिको क्याण्डल बनेर बजार २७३५ को विन्दुमा बन्द हुनु पर्नेछ । यो साताको बनेको क्याण्डल ४ साता पहिले बनेको शुटिङ स्टारको बिपरित क्याण्डल हो ।
बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई
साप्ताहिक चार्टमा बोलिङ्गर ब्याण्डबाट नियाल्दा यो साता बजारले बोलिङ्गरको तल्लो ब्याण्डमा ह्याम्मर प्रकृतिको क्याण्डल बनाएको छ । यो साता तल्लो ब्याण्डमा चलेको बजार यदि आगामी साता मध्य ब्याण्ड अर्थात २६९० विन्दुभन्दा माथि टिकेर कारोबार हुन्छ भने बजारले अप ट्रेन्ड लिन सक्छ । साप्ताहिक रुपमा नै बजारलाई म्याक्डीबाट नियाल्दा केही समय पहिले बनेका बियरिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्रामहरु पनि नकारात्मक नै रहेका छन् । साप्ताहिक चार्टमा आरएसआई भने न्यूट्रल जोन अर्थात नन ट्रेडिङ जोनमा चलेको छ ।

ट्रेन्डलाइनको आधारमा
ट्रृेन्डलाईनको आधारमा यो साता बजारले पहिलो प्रतिरोध २६६० विन्दुलाई प्रतिरोध सामना गरेर माथि लागेको देखिन्छ । अब बजारले दोस्रो प्रतिरोध २७३५ विन्दुलाई प्रतिरोध सामना गर्नसक्छ । यहाँबाट पनि माथि लागेको खण्डमा बजारले अर्को प्रतिरोध २८३२ आसपास प्रतिरोध सामना गर्न पनि सक्छ ।

पिभट् प्वइन्टः
पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ – २७८९
प्रतिरोध २ – २७६५
प्रतिरोध १– २७१७
पिभट् प्वइन्टः २६९१
घटेमा सपोर्ट
सपोर्ट १– २६५०
सपोर्ट २– २६१८
सपोर्ट ३ –२५७१

निष्कर्षः यो साता सेयर बजार ६ अंकले घट्यो । अघिल्लो साता बजारमा ६६.१७ अंकले गिरावट आएको थियो । यो साता सेयर बजारमा कारोबार र सूचक दुवैमा गिरावट आयो । अघिल्लो साताको तुलनामा यो साता बजार घटेता पनि घट्ने क्रम भने रोकियो । प्राविधिक रुपमा यो साताको बजारलाई बिभिन्न समय अवधिबाट नियाल्दा साप्ताहिक चार्टमा बुलिस ह्याम्मर क्याण्डल बनेको छ । बजार २०० दिनको मूभिङ एभरेज २५८० विन्दुबाट सपोर्ट लिएर फर्र्किएको छ । तर यो साता कारोबार र भोल्युममा भने खासै सुधार आएको छैन । आरएसआईबाट नियाल्दा भने बजार ओभर सोल्डजोनबाट फर्केको देखिन्छ । यस हिसाबले हेर्दा यो साता बजार सम्हालिने खोज्दै गरेको देखिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।