बुधबार, फाल्गुन ६,२०८२ 05:16:09
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 05:16:09
Bizshala
Global IME Bank Limited

उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच समझदारी पत्रमा हस्ताक्षर

उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच समझदारी पत्रमा हस्ताक्षर
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच नेपालको शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ ।  

महासंघ र विश्वविद्यालय बीच बुधबार महासंघ सचिवालयमा पाठ्यक्रम विकास, तालिम कार्यक्रम, र संयुक्त परियोजनाहरूको सम्भाव्यता अध्ययन लगायतका विषयमा काम गर्ने गरि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा महासंघका तर्फबाट अध्यक्ष ढकाल र विश्वविद्यालयका तर्फबाट रजिष्टार डा. सूर्यराज आचार्यले हस्ताक्षर गरे । पाँच वर्षसम्म कायम रहने सो समझदारी पत्रमा दुवै पक्षले पाठ्यक्रम विकास, संयुक्त अनुसन्धान र नवप्रवर्तन, उद्यमशीलता विकास, विद्यार्थीको इन्टर्नशिप तथा रोजगारीका अवसरहरू सिर्जना गर्ने विषयहरु समावेश गरिएको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सो अवसरमा बोल्दै महासंघका अध्यक्ष ढकालले युवा जनशक्ति विदेश पलायन भएको अवस्थामा यो समझदारीले देशमा दक्ष जनशक्ति उत्पादन गरि स्वदेश एवं विदेशमा प्रतिष्पर्धी बनाउन सहयोग पुग्ने बताए । ‘उद्योग–व्यवसायले चाहेको दक्ष जनशक्ति उत्पादन गर्न र युवाहरूलाई रोजगारीका अवसरहरू प्रदान गर्न यो सहकार्य फलदायी हुनेछ । आउने दिनमा पनि यस्तो सहकार्यका लागि हामी सकारात्मक छौं,’ उनले भने ।  

विश्वविद्यालयका कुलपति डा विन्दुनाथ लोहनीले महासंघसंग भएको समझदारीले नेपालको शैक्षिक प्रणालीलाई विश्व बजारसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । ‘हाम्रो लक्ष्य विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानमात्र नभई व्यावहारिक सीप र उद्यमशीलताको भावना प्रदान गर्नु हो । महासंघसँगको सहकार्यले त्यो लक्ष्य प्राप्तिमा ठूलो योगदान दिनेछ भन्ने हाम्रो विश्वास हो,’ डा. लोहनीले भने ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै विश्वविद्यालयका उपकुलपति डा।अर्जुन कार्कीले सीपयुक्त, दक्ष र गुणस्तरिय जनशक्ति उत्पादन विश्वविद्यालयको मुख्य उद्धेश्य रहेको उल्लेख गर्दै त्यसको लागि महासंघसंगको सहकार्य सहयोगी हुने बताए ।  

यस्तै विश्वविद्यालयका रजिष्टार  डा. सूर्यराज आचार्यले पुराना विश्वविद्यालयबाट उत्पादित जनशक्तिले बदलिएको समाजको आवश्यकता पूरा गर्न नसकेको अवस्थामा समाज र श्रम बजारको आवश्यक्ता अनुसार जनशक्ति उत्पादन गर्ने लक्ष्य विश्वविद्यालयले लिएको बताए।  

गत जेठ महीनामा महासंघ र विश्वविद्यालयबीच विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान, सीप विकास, र रोजगारीका अवसरहरू प्रदान गर्नुका साथै उद्योग–व्यवसायको आवश्यकता अनुरूपको दक्ष जनशक्ति उत्पादन गर्न सकिने लगायतका विषयमा प्रारम्भिक छलफल भएको थियो ।

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.