बुधबार, श्रावण ६,२०८३ 03:05:38
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 03:05:38
Bizshala
Global IME Bank Limited

जेनजी आन्दोलनका क्रममा ८० अर्ब २२ करोडको भौतिक क्षति भएको अनुमान, सबैभन्दा धेरै निजी क्षेत्रको

जेनजी आन्दोलनका क्रममा ८० अर्ब २२ करोडको भौतिक क्षति भएको अनुमान, सबैभन्दा धेरै निजी क्षेत्रको
New Office

काठमाण्डौ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा ८० अर्ब २२ करोड रुपैयाँबराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । अर्थ मन्त्रालयका अनुसार देशभरका सार्वजनिक सम्पत्ति, निजी व्यवसाय तथा संस्थान, व्यावसायिक घरानाहरुमा आन्दोलनका क्रममा भएको उक्त रकमबराबरको क्षति भएको हो ।  

सरकारले भने १ खर्ब रुपैयाँसम्मको भौतिक क्षति भएको हुनसक्ने अनुमान गरेको थियो । तर सरकारी आँकडाभन्दा २० अर्ब रुपैयाँ कमको भौतिक क्षति भएको क्षतिको मूल्यांकन तथा पुनर्निर्माण अध्ययन उपसमितिले जनाएको छ । समितिले तयार पारेको मंगलबार प्रारम्भिक प्रतिवेदनबारे मंगलबार अर्थ मन्त्रालयमा छलफल भएको थियो ।  

सबैभन्दा बढी क्षति निजी क्षेत्रको भएको जनाइएको छ । कुल क्षतिमध्ये ३९ अर्ब निजी क्षेत्रको भएको छ ।  

यस्तै २८ अर्ब संघीय सरकारको, ४ अर्ब प्रदेशहरुको र ९ अर्ब स्थानीय तहमा भौतिक संरचना तथा उद्योय व्यवसायको भएको जनाइएको छ । क्षतिको विवरण आउनेक्रम जारी रहेकाले यो रकम केही बढ्न सक्ने सम्भावना समेत रहेको जनाइएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.