जेनजी युवाद्वारा विद्युत सेवा नियमित गर्न माग
काठमाण्डौ । जेनजी युवा समूहले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा विद्युत सेवालाई सुचारु गर्न माग गरेका छन् ।जेनजी युवा फन्टका संयोजक सुरेन्द्र थापाका नेतृत्वको टोलीले सोमबार नेपाल विद्युत प्राधिकरण कार्यालय प्रमुख मनोजकुमार झालाई ज्ञापनपत्र हस्तान्तरण गर्दै नियमित विद्युत सुचारु गर्न माग गरेको हो ।

