बिहीबार, कार्तिक २७,२०८२ 06:27:30
IME remit
  • बिहीबार, कार्तिक २७,२०८२ 06:27:30
IME remit
Global IME Bank Limited

निर्जीवन बीमकहरुले ८४.३१% दाबीको भुक्तानी गर्न बाँकी, रिटर्न क्षमता घट्न सक्ने प्रक्षेपण

Hyundai Nepal
निर्जीवन बीमकहरुले ८४.३१% दाबीको भुक्तानी गर्न बाँकी, रिटर्न क्षमता घट्न सक्ने प्रक्षेपण
Shivam Cement

काठमाण्डौ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले श्रृजित बीमा दाबीका कारण निर्जीवन बीमा कम्पनीहरुको वित्तीय अवस्था खस्किन सक्ने देखिएको छ । जेनजी आन्दोलनका कारण ठूलो क्षतिको दायित्व बहन गर्नुपर्दा बीमा कम्पनीहरुको मुनाफामा संकुचन आउने देखिन्छ ।  

नेपाल बीमा प्राधिकरणका अनुसार कात्तिक २४ गतेसम्ममा बीमा कम्पनीहरुमा ३ हजार २४६ वटा दाबी अर्थात् २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । यसरी ठूलो रकमको क्षतिको बहन गर्नुपर्दा बीमकहरुको वित्तीय अवस्था नै खलबलिन सक्ने देखिएको छ ।  

बीमा कम्पनीहरुले सो अवधिसम्म ३ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ बराबरको भने बीमा दाबी भुक्तानी दिइसकेका छन् । कुल परेको दाबीमा बीमकहरुले हालसम्म १५।६९ प्रतिशत मात्रै भुक्तानी दिएका छन् भने ८४।३१ प्रतिशत बीमा दाबीको अझै भुक्तानी दिन बाँकी छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

निर्जीवन बीमा कम्पनीहरुलाई एकपछि एक गर्दै बीमा दाबी भुक्तानीको दायित्व थपिदै गएको छ । गत वर्ष पनि असोज महिनामा आएको बाढीपहिरो र तीनकुनेमा भएको हुलदंगाले बीमा कम्पनीहरुमा ठूलो बीमा दाबी रकम पर्दा बीमा कम्पनीहरुको नाफामा संकुचन आएको थियो ।  

कम्पनीहरुले व्यवसायमा केही सुधार देखाएपनि दायित्वको चाङ थपिदै जाँदा नाफा अझै प्रभावित हुन सक्ने बीमा विज्ञहरुले अनुमान लगाइरहेका छन् । बीमा विज्ञ डा। रविन्द्र घिमिरेले निर्जीवन बीमा कम्पनीहरुमा एकपछि एक गर्दै बीमा दाबीको चाङ थुप्रिदा कम्पनीहरुको नाफामा प्रभाव पर्न सक्ने बताए ।  

‘बीमा सिद्धान्तविपरित कमर्सियल रुपमा खोलिएका बीमा कम्पनीहरुलाई दायित्वको प्रेसर पक्कै पर्ने देखिन्छ, जति क्षति भएको छ त्यति नै क्षतिपूर्ति दिने भन्ने कमर्सियल इन्स्योरेन्सको कन्सेप्ट भएपनि राज्यले काम चलाउने खालको मात्रै बीमा दायित्व गर्नेछ’ उनले भने, ‘बीमा कम्पनीहरुले नेपाल रि इन्स्योरेन्स र नेपाल रि ले विदेशी कम्पनीसँग जोखिम बाँडेपनि विदेशी कम्पनीले सबै जोखिम बहन गर्दैन र नेपाल रि ले पनि सबै दायित्व बहन गर्न सक्दैन, यसको सिधै असर बीमा कम्पनीहरुलाई पर्न जान्छ ।’

CG Motors
Muktinath Bikas Bank Limited

अहिलेको बीमा दाबी हुलदंगा तथा आतंकवाद बीमा अन्तर्गत रहेकाले सो आधारमा औषतमा नेपाल पुनर्बीमा कम्पनीमा ६५ प्रतिशत र बीमा गर्ने कम्पनीको हिस्सा ३५ प्रतिशत हिस्सा भागबण्डा गरिएको छ ।  

६५ः३५ प्रतिशत रेसियोको आधारमा कूल २३ अर्ब ४६ करोड दावी मध्ये नेपाल पुनर्बीमा कम्पनीमा १५ अर्ब रुपैयाँ भन्दा बढी दाबी पर्ने देखिएको छ भने बाँकी निर्जीवन बीमकहरुले ब्यहोर्नुपर्नेछ ।  

बीमा कम्पनीहरुले ठूलो दायित्व बहन गर्नुपर्दा यसको प्रत्यक्ष असर भने लगानीकर्ताहरुमा पर्न सक्ने देखिन्छ । बीमकहरुले गत आवको मुनाफाकै आधारमा लाभांश दिएपनि यसरी दाबी भुक्तानी लगातार दिनुपर्दा कम्पनीहरुले आफुसँग कोषमा संचित भएका रकमहरु भुक्तानीमा खर्च गर्न सक्ने देखिन्छ ।  

गत आवको नाफाको रिर्पोट हेर्दा पनि अघिल्लो आवको तुलनामा आधा जसो बीमकहरुको नाफा घटेको छ । बीमा कम्पनीहरुले सबै रकम एकैपटक भुक्तानी नदिएपनि थोरै–थोरै रकम भुक्तानी दिदा नाफामा संकुचन आई लगानीकर्तालाई दिने प्रतिफल घट्ने वा केहीले यो वर्षको लागि लाभांश बाँड्न नसक्ने अवस्था पनि आउन सक्ने लगानीकर्ताहरुले अनुमान लगाइरहेका छन् ।

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.