काठमाण्डौ । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घाइतेलाई जनही थप १५ हजार रुपैयाँ प्रदान गर्ने भएको छ । मंगलबार बसेका मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
घाइतेहरू फलोअपका क्रममा आउन आर्थिक समस्या परेको गुनासो गरेकाले तत्काल जनही थप १५ हजार उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
यससँगै जेनजी आन्दोलनमा घाइते भएका २ हजार ४२९ जनाले जनही १५ हजार रुपैयाँ रुपैयाँ आर्थिक सहायता प्राप्त गर्नेछन् । यसअघि भने सरकारले घाइतेलाई जनही २० हजार रुपैयाँ दिएको थियो ।

