शनिबार, फाल्गुन ९,२०८२ 09:35:54
Bizshala
  • शनिबार, फाल्गुन ९,२०८२ 09:35:54
Bizshala
Global IME Bank Limited

जेनजी आन्दोलनमा भएको क्षतिका लागि हालसम्म ५.१८ अर्ब दाबी भुक्तानी

जेनजी आन्दोलनमा भएको क्षतिका लागि हालसम्म ५.१८ अर्ब दाबी भुक्तानी
Shivam Cement

काठमाण्डौ । हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार ३०३ वटा बीमा दाबीको २३ अर्ब ४५ करोड दाबी रकममध्ये हालसम्ममा बीमा कम्पनीहरूले अग्रिम भुक्तानी समेत गरी ५ अर्ब १८ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी गरेका छन् ।

प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ७१० वटा बीमा दाबीको दाबी रकम १९ अर्ब २ करोडमध्ये ३ अर्ब ८२ करोड र मोटर बीमातर्फ २ हजार ३११ वटा बीमा दाबीको दाबी रकम ३ अर्ब ४७ करोडमध्ये १ अर्ब २२ करोड भुक्तानी भएको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२५ वटा बीमा दाबीको ५५ करोड ४७ लाख दाबी रकममध्ये ७ करोड ५० लाख, परिवहन बीमातर्फ १२ वटा बीमा दाबीको १ करोड ६९ लाख दाबी रकममध्ये १ करोड ५५ लाख र अन्य बीमातर्फ ४५ वटा बीमा दाबीको ३८ करोड ४० लाख दाबी रकममध्ये ५ करोड ५० लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

अग्रिम भुक्तानीसहित ३ अर्ब २ करोड पुनर्बीमा दाबी भुक्तानी

जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई ३ अर्ब २ करोड अग्रिम भुक्तानी समेत गरी पुनर्बीमा दाबी भुक्तानी गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कूल २ हजार ८६२ वटा पुनर्बीमा दाबीको दाबी रकम करिव रू. १६ अर्ब ६२ करोड रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.