Bizshala
  • शुक्रबार, पुष २५,२०८२ 05:33:00
Bizshala
Global IME Bank Limited

जेनजी आन्दोलनमा भएको क्षतिका लागि हालसम्म ५.१८ अर्ब दाबी भुक्तानी

Hyundai Nepal
जेनजी आन्दोलनमा भएको क्षतिका लागि हालसम्म ५.१८ अर्ब दाबी भुक्तानी
Shivam Cement

काठमाण्डौ । हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार ३०३ वटा बीमा दाबीको २३ अर्ब ४५ करोड दाबी रकममध्ये हालसम्ममा बीमा कम्पनीहरूले अग्रिम भुक्तानी समेत गरी ५ अर्ब १८ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी गरेका छन् ।

प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ७१० वटा बीमा दाबीको दाबी रकम १९ अर्ब २ करोडमध्ये ३ अर्ब ८२ करोड र मोटर बीमातर्फ २ हजार ३११ वटा बीमा दाबीको दाबी रकम ३ अर्ब ४७ करोडमध्ये १ अर्ब २२ करोड भुक्तानी भएको छ ।

CG Motors
Bizshala
Garima Development Bank

यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२५ वटा बीमा दाबीको ५५ करोड ४७ लाख दाबी रकममध्ये ७ करोड ५० लाख, परिवहन बीमातर्फ १२ वटा बीमा दाबीको १ करोड ६९ लाख दाबी रकममध्ये १ करोड ५५ लाख र अन्य बीमातर्फ ४५ वटा बीमा दाबीको ३८ करोड ४० लाख दाबी रकममध्ये ५ करोड ५० लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।

New Office
Laxmi Sunrise Bank Limited
IME remit

अग्रिम भुक्तानीसहित ३ अर्ब २ करोड पुनर्बीमा दाबी भुक्तानी

जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई ३ अर्ब २ करोड अग्रिम भुक्तानी समेत गरी पुनर्बीमा दाबी भुक्तानी गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कूल २ हजार ८६२ वटा पुनर्बीमा दाबीको दाबी रकम करिव रू. १६ अर्ब ६२ करोड रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.