काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ । संस्थाले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको ५ वर्ष अवधि नाघेको नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको हो ।
सेयरधनीहरुले संस्थाको आधिकारिक वेबसाइटमा उल्लेखित विवरणको आधारमा आफ्नो परिचयपत्रसहित सूचना प्रकाशित भएको एक महिनाभित्र कम्पनीको सेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटलको कार्यालयमा सम्पर्क राखि उक्त बाँकी नगद लाभांश बुझिलिन आग्रह गरेको हो ।
उक्त अवधिभित्र पनि बुझिलिन नआएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने संस्थाले जनाएको छ ।

