खुद ब्याज आम्दानीसँगै बढ्यो आरम्भ चौतारी लघुवित्तको नाफा
काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद ब्याज आम्दानीसँगै नाफा बढेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म १० करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १५.८६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ८ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस्तै संस्थाले यो अवधिसम्म ४७ करोड ४५ लाख रुपैयाँ खुद ब्याज...

