काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद ब्याज आम्दानीसँगै नाफा बढेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म ९ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको त्ुलनामा १३,७६५.२९ प्रतिशतले बढी हो ।
अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ६ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस्तै संस्थाले यो अवधिसम्म ३७ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३१.८९ प्रतिशतले बढी हो ।
संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी ४ करोड ५१ लाख रुपैयाँबाट बढेर ५ करोड ७२ लाख रुपैयाँ पुगेको छ । संस्थाको खुद सञ्चालन आम्दानी ४५ करोड ३८ लाख र सञ्चालन मुनाफा १३ करोड ४८ लाख रुपैयाँ रहेको छ ।
यस्तै संस्थाको वितरणयोग्य मुनाफा ५ करोड २१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवससम्म ४ करोड ९१ लाख रुपैयाँले ऋणात्मक रहेको संस्थाको रिटेन्ड अर्निङ ५ करोड २१ लाख रुपैयाँले धनात्मक बनेको छ । संस्थाको रिजर्भ १६ करोड ७४ लाखबाट घटेर १५ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।
चौथो त्रैमाससम्ममा १ अर्ब ८९ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले ५ अर्ब ३१ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।
संस्थाको खराब कर्जा अनुपातमा घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ४.२१ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर २.१३ प्रतिशतमा झरेको छ । यस्तै संस्थाको इम्पेयरमेन्ट चार्ज २ करोड ३८ लाख रुपैयाँले रिभर्सल भएको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) २५.७२ रुपैयाँ प्रतिसेयर नेटवर्थ १५६.१८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६७३.८० रुपैयाँ, मूल्य आम्दानी अनुपात ४२.२८ गुणा र तरलता अनुपात ३.०७ प्रतिशत कायम भएको छ ।