काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयर रजिस्ट्रारको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडलाई प्रदान गरेको छ। संस्थाको सञ्चालक समितिको निर्णयअनुसार कम्पनीको धितोपत्रसम्बन्धी अभिलेख व्यवस्थापन, सेयर अभौतिकीकरण, सेयर प्रमाणपत्र वितरण, नामसारी, सेयरधनी अभिलेख अद्यावधिक तथा सेयर रजिस्ट्रारसँग सम्बन्धित सम्पूर्ण सेवा अब प्रभु क्यापिटलमार्फत सञ्चालन हुनेछन्।
यससँगै कम्पनीका सेयरधनीले सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण सेवा तथा आवश्यक जानकारीका लागि प्रभु क्यापिटल लिमिटेडमा सम्पर्क गर्न सक्ने संस्थाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

