आईतवार, असार १५,२०८२ 03:51:07
  • आईतवार, असार १५,२०८२ 03:51:07
Global IME Bank Limited

आरम्भ चौतारीको खुद नाफा ३९.४६% ले घट्यो,खुद ब्याज आम्दानीमा समेत गिरावट

Hyundai Nepal
आरम्भ चौतारीको खुद नाफा ३९.४६% ले घट्यो,खुद ब्याज आम्दानीमा समेत गिरावट
Nabil Bank Limited

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा गिरावट आएको छ । संस्थाले सार्वजनिक गरेको चालु आव २०८०८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार दोस्रो त्रैमाससम्म संस्थाको खुद नाफा ३९.४६ प्रतिशतले घटेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो आवको दोस्रो त्रैमाससम्म २ करोड ६ लाख रुपैयाँ रहेको संस्थाको खुद नाफा समीक्षा अवधिसम्म भने ३९.४६ प्रतिशतले घटेर १ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ ।  

संस्थाको ब्याजबाट हुने आम्दानी समेत घटेको छ । संस्थाले समीक्षा अवधिसम्म ब्याजबाट हुने आम्दानीमार्फत ३४ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको दोस्रो त्रैमाससम्म ३८ करोड २० लाख रुपैयाँ थियो ।  

संस्थाको सञ्चालन मुनाफा पनि ३९.४५ प्रतिशतले घट्दै १ करोड ७८ लाख रुपैयाँमा सीमित भएको छ ।  

संस्थाले खराब कर्जा अनुपात भने ०.२३ प्रतिशतले घटाउन सफल भएको छ । अघिल्लो आवमा ४.८७ प्रतिशत रहेको खराब बर्जा अनुपात घटेर ४.६४ प्रतिशतमा झरेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ६.८० रुपैयाँ,मूल्य आम्दानी अनुपात ८८.३२ गुणा,प्रतिसेयर नेटवर्थ १४४.३९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३६४.९६ रुपैयाँ र तरलता अनुपात ३.९५ गुणा कायभ भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.