काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा पिताम्बर गैह्रे चयन भएका छन । साउन ८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गैह्रेलाई संस्थाको रिक्त रहेको सञ्चालक पदमा चयन गर्ने निर्णय गरेको हो ।
उनलाई संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालक चयन गरिएको संस्थाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

