शनिबार, श्रावण ३०,२०८३ 08:10:57
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 08:10:57
Bizshala
Global IME Bank Limited

सेयर बजारमा १४ साता पछिकै उच्च कारोबार, कस्तो रहला अबको यात्रा ?

Prabhu Bank Limited
सेयर बजारमा १४ साता पछिकै उच्च कारोबार, कस्तो रहला अबको यात्रा ?
New Office

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता भने ४ दिन कारोबार भएको थियो । यो साता ५ दिनको कारोबारमा बजार ३ दिन घट्यो भने २ दिन बढ्यो । अघिल्लो साता २ हजार ६४०.९६ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६५५.३८ विन्दुमा बन्द भयो ।  

यस हिसाबले यो साता सेयर बजार १४.४२ अंकले बढ्यो । अघिल्लो साता बजार ५२.१ अंकले घटेको थिया । यो साता दोस्रो बजारमा ५ दिनको कारोबारमा ५० अर्ब ४१ करोडको सेयर कारोबार भयो ।  यो भनेको पछिल्लो १४ हप्ता पछिकै उच्च कारोबार हो ।  

अघिल्लो साता ४ दिनको कारोबारमा २९ अर्ब ४ करोडबराबरको सेयर कारोबार भएको थियो । यो साता बजार पूँजीकरण ४४ खर्ब २३ अर्ब रह्यो । अघिल्लो साता भने बजार पूँजीकरण ४३ खर्ब ९९ अर्ब रहेको थियो  ।  यस हिसाबले यो साता बजार बढ्दा लगानीकर्ताहरुको सम्पत्ति पनि २४ अर्बले बढ्यो ।  

CG Motors

प्राविधिक पक्षः  

क्याण्डल स्टिकको आधारमा  

साप्ताहिक रुपमा नै क्याण्डल स्टिकको आधारमा यो साता नेप्सेमा आघिल्लो रातो क्याण्डल पछि इन्भर्टेड् ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यसले सम्भावित रुपमा ट्रेन्ड रिभर्सलको संकेत गर्छ । तर यसको निश्चितताको लागि भने आगामी साता बजारले यो साताको उच्च विन्दु २६९० भन्दा माथि बन्द हुनु पर्नेछ ।  

बोलिङ्गर म्याक्डी र आरएसआई  

साप्ताहिक रुपमा बजारलाई बिभिन्न इन्डिकेटरबाट नियाल्दा बजार साइडवेजमा चलेको देखिन्छ । साप्ताहिक रुपमा बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार लामो समयदेखि मध्य ब्याण्ड अर्थात २६९० विन्दु भन्दा माथि जान सकेको छैन । अपर ब्याण्ड र लोवर ब्याण्ड निकै साँघुरिएको छ । यसले बजार साइडवेजमा चलेको देखिन्छ । साप्ताहिक रुपमा म्याक्डीमा पनि हिस्टोग्राम नेगेटिभ नै रहेका छन् । आरएसआई न्यूट्रल जोनमा चलेको छ । समग्रमा इन्डिकेटरबाट नियाल्दा हालको बजार साइडवेजमा चलेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानि यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २९४१

प्रतिरोध २ – २८५६

प्रतिरोध १–  २७७४

पिभट् प्वइन्टः २६८९

घटेमा सपोर्ट 

सपोर्ट १– २६०८

सपोर्ट २– २५२३

सपोर्ट  ३ –२४४१

निष्कर्षः यो साता नेप्से १४.४२ अंकले बढ्यो । अघिल्लो साता भने बजार ५२.१ अंकले घटेको थियो । प्राविधिक रुपमा क्याण्डल स्टिकबाट नियाल्दा यो साता इन्भर्टेड ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यसले सम्भावित रपमा बजारमा ट्रेन्ड रिभर्सलको संकेत गर्छ । पिभट् मार्फत नियाल्दा यो साता बजार  पिभट् प्वइन्ट २६८९ विन्दु भन्दा तल बन्द भएको छ ।  

विभिन्न इन्डिकेटरहरुबाट नियाल्दा पनि बजार साइडवेजमा चलेको देखिन्छ । कारोबार तथा भोल्युमबाट हेर्दा यो साता बजारमा १४ हप्ता पछिकै उच्च कारोबार भएको छ । यसले बजारमा स्मार्ट मनी पसेको देखिन्छ । पछिल्लो समय बजारमा लगानीकर्ताहरुले क्षेत्रगत रुपमा र स्क्रिप्टमा बढी ध्यान दिएको देखिन्छ । यो साता  बजार साइडवेज रहेता पनि जलविद्युत र लगानी उपसमूहमा बढी आकर्षण देखियो । प्राविधिक रुपमा बजारले अप ट्रेन्डनै लियो भन्ने निश्चित हुनलाई आगामी साता नेप्से पिभट् प्वइन्ट २६९० विन्दु भन्दा माथि लाग्नु पर्नेछ ।  

क्षेत्रगत रुपमा यो साताको बजारलाई नियाल्दा जलविद्युत, वित्त, लगानी , अन्य , होटल्स र म्युचुअल फण्डमा हरियाली छायो भने बाँकी सबै समूहमा रातो पोतियो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.