शुक्रबार, आश्विन ३१,२०८२ 01:48:44
IME remit
  • शुक्रबार, आश्विन ३१,२०८२ 01:48:44
IME remit
Global IME Bank Limited

ट्रिपल टप बनाएको बजारले के ‘बुल रिजेक्सन’ गर्दैछ ? ( साप्ताहिक बजार विश्लेषणसहित )

Hyundai Nepal
ट्रिपल टप बनाएको बजारले के ‘बुल रिजेक्सन’ गर्दैछ ? ( साप्ताहिक बजार विश्लेषणसहित )
Shivam Cement

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन सेयर कारोबार भयो । ५ दिनमा बजार ३ दिन बढ्यो भने २ दिन घट्यो  । अघिल्लो साता २ हजार ६८०.४९ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७४८.०५  मा बन्द भयो । यस हिसाबले यो साता समग्रमा बजार ६७.५६ अंकले बढ्यो । अघिल्लो साता ६८.३४ अंकले बजार घटेको थियो  ।

यो साता ५ दिनको कारोबारमा ३९ अर्ब ३८ करोड रुपैयाँबराबरको कारोबार भयो । अघिल्लो साता चार कारोबार दिनमा  ३७ अर्ब ५४ करोड रुपैयाँबराबरको कारोबार भएको थियो । यस हिसाबले यो साता बजार बढ्दा सेयर कारोबार र सूचक दूबै  बढ्यो । यो साता नेप्सेमा बजार पूँजीकरण ४५ खर्ब ५६ अर्ब रुपैयाँ पुग्यो । यस्तो बजार पूँजीकरण अघिल्लो साता ४२ खर्ब ६३ अर्ब रहेको थियो । यस हिसाबले यो साता बजार बढ्दा र बिशाल बजार कम्पनीको संस्थापक सेयर लिष्टिङ हुँदा बजार पूँजीकरण २ खर्ब ९३ अर्बले बढ्यो ।  

 

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

प्राविधिक पक्षः  

प्राविधिक रुपमा पछिल्लो अवस्था नियाल्दा बजार साइडवेज नै चलेको देखिन्छ । प्राइस एक्सनबाट नियाल्दा बजारले माथिल्लो प्रतिरोध २७८० विन्दुलाई ब्रेक गरेर हायर हाई बनाएको पनि छैन । तल्लो टे«न्डलाईन २६६० विन्दुलाई पनि ब्रेक डाउन गरेर बजारले क्यारेक्टर चेन्ज पनि गरेको छैन । यस अर्थ बजारमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहको देखिन्छ । पछिल्लो बजारले ट्रिपल टप बनाएको छ । यसले बजारमा बुल रिजेक्सन हुँदै गरेको भन्ने हो । तर यसको निश्चितताको लागि भने बजारले बाटो परिवर्तन गरेर ‘एम’ आकार नै बनाउनु पर्छ । त्यो अहिले बनिसकेको अवस्था छैन । यसर्थ यो साता २७४८ मा बन्द भएको बजार यदि आगामी साता यो भन्दा तल खस्छ भने २७०० विन्दुसम्म आउन पनि सक्छ । जसलाई भनेको सामान्य करेक्सनकै रुपमा लिन सकिन्छ । 

CG Motors
Muktinath Bikas Bank Limited

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

साप्ताहिक रुपमा बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजारले पछिल्लोपटक ३ हजारबाट तल खसेता पनि मध्य ब्याण्डमा बलियो सपोर्ट लिएको देखिन्छ । म्याक्डीमा वियरिस क्रसओभर बनेता पनि हिस्टोग्राम फिक्का र छोटा–छोटा हुँदै गएका छन् । आरएसआई ६० को तहमा चलेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजार बुल नै चलेको देखिन्छ ।  

पिभट् प्वइन्ट  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ३०७३

प्रतिरोध २ – २९२७

प्रतिरोध १–  २८०२

पिभट् प्वइन्टः २६५६

घटेमा सपोर्ट  

सपोर्ट १– २५३१

सपोर्ट २– २३८५

सपोर्ट  ३ –२२६६

निष्कर्षः यो साता नेप्से करिब ६८ अंकले बजार बढ्दा कारोबार पनि बढ्यो । साप्ताहिक रुपमा बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार मध्य ब्याण्ड भन्दा माथि छ । आरएसआई पनि ६० भन्दा माथि नै चलको देखिन्छ । मूभिङ एभरेजबाट नियाल्दा पनि बजार ५० दिने मूभिङ एभरेज भन्दा माथि नै चलेको देखिन्छ । कारोबार तथा भोल्युमबाट नियाल्दा पनि बजारमा दैनिक औषत ९ अर्ब बराबरको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकको समीक्षा धेरै लचक नआएता पनि धेरै कसिलो पनि आएको छैन । यसकाराण आगामी साता एक दुई कारोबारमा बजारमा करेक्सन आए पनि बजार सम्हालिएर माथिकै यात्रातर्फ लाग्छ सक्छ । पछिल्लो बजारले ट्रिपल टप बनाएको भएता पनि अहिले नै बुल रिजेक्सन हुँदै गरेको निचोड निकाल्न भने हतार हुन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.