सोमबार, श्रावण ४,२०८३ 01:50:33
Bizshala
  • सोमबार, श्रावण ४,२०८३ 01:50:33
Bizshala
Global IME Bank Limited

‘करेन्ट’ चाउचाउबारे यशोधा फुड्सको स्पष्टिकरण: एउटा ब्याचमा मात्रै समस्या, अन्य उत्पादन सुरक्षित

‘करेन्ट’ चाउचाउबारे यशोधा फुड्सको स्पष्टिकरण: एउटा ब्याचमा मात्रै समस्या, अन्य उत्पादन सुरक्षित
New Office

काठमाण्डौ । बजारमा लोकप्रिय ब्राण्ड ‘करेन्ट’ चाउचाउको एउटा निश्चित ब्याच गुणस्तर परीक्षणमा असफल भएपछि उपभोक्तामाझ चासो र अन्योलता बढिरहेका बेला उत्पादक कम्पनी यशोधा फुड्स प्रालिले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।

कम्पनीले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गुणस्तरहीन ठहर गरेको ‘करेन्ट हट एण्ड स्पाइसी’ १०० ग्राम प्याकेटको उत्पादन मिति तथा ब्याच नम्बर २०२६/०२/२३–०४ए बाहेकका सम्पूर्ण उत्पादन उपभोगका लागि सुरक्षित रहेको जनाएको हो।

कम्पनीले जारी गरेको विज्ञप्ति । 

यशोधा फुड्सले जारी गरेको सूचनामा गुणस्तर सम्बन्धी समस्या कुनै सम्पूर्ण ब्राण्डमा नभई एउटा निश्चित ब्याचमा मात्र देखिएको उल्लेख गर्दै अन्य उत्पादनलाई लिएर अनावश्यक भ्रममा नपर्न उपभोक्तासँग आग्रह गरेको छ।

कम्पनीका अनुसार उत्पादन मिति २०२६/०२/२३ तथा ब्याच नम्बर ०४ए भएको ‘करेन्ट हट एण्ड स्पाइसी’ १०० ग्राम प्याकेट मात्रै खाद्य तथा गुण नियन्त्रण कार्यालयको सूचनाअन्तर्गत परेको हो। सो बाहेक अन्य मितिमा उत्पादित तथा फरक ब्याच नम्बर भएका सबै उत्पादनहरू नियमित रूपमा बिक्री–वितरण र उपभोग गर्न सकिने कम्पनीको दाबी छ।

खाद्य गुणस्तर सम्बन्धी सरकारी सूचनापछि बजारमा ‘करेन्ट’ ब्राण्डका सम्पूर्ण उत्पादनमाथि प्रश्न उठ्न थालेको थियो। कतिपय खुद्रा व्यापारी र उपभोक्ताले सबै उत्पादन बिक्री तथा खरिद रोक्ने अवस्था समेत देखिएको थियो।

यही पृष्ठभूमिमा कम्पनीले स्पष्टिकरण जारी गर्दै समस्या एउटा सीमित ब्याचमा मात्र रहेको र सम्पूर्ण ब्राण्डलाई त्यससँग जोडेर नहेर्न आग्रह गरेको हो।

कम्पनीले सम्बन्धित ब्याच बाहेकका उत्पादन ढुक्क भएर उपभोग गर्न तथा नियमित रूपमा बिक्री–वितरण गर्न उपभोक्ता, खुद्रा व्यापारी तथा आधिकारिक वितरकहरूलाई अनुरोध गरेको छ।

कम्पनीले भनेको छ, ‘‘खाद्य तथा गुण नियन्त्रण कार्यालयको सूचनामा उल्लेख गरिएको उत्पादन मिति तथा ब्याच नम्बर बाहेकका सम्पूर्ण उत्पादनहरू निर्वाध रूपमा उपभोग गर्न सकिन्छ।’’

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.