शनिबार, असार १४,२०८२ 05:53:48
  • शनिबार, असार १४,२०८२ 05:53:48
Global IME Bank Limited

मूभिङ्ग एभरेजमा बुलिस रहेको बजारको साप्ताहिक चार्टमा ‘शुटिङ स्टार’, कस्तो रहला अब बजार ?

Hyundai Nepal
मूभिङ्ग एभरेजमा बुलिस रहेको बजारको साप्ताहिक चार्टमा ‘शुटिङ स्टार’, कस्तो रहला अब बजार ?
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । अघिल्लो साता सेयर बजारमा ५ दिन कारोबार भएको थियो । यो साता ४ दिनमा बजार ३ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता  २ हजार ८१८.४३ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७३६.४८ को विन्दुमा बन्द भयो  ।

यस हिसाबले यो साता ८१.९५ अंकले बजारमा गिरावट आयो । अघिल्लो साता भने बजार करिब ४ अंकले बढेको थियो ।  यो साता ४  दिनको कारोबारमा ३५ अर्ब ९ करोडबराबरको सेयर कारोबार भयो । अघिल्लो साता ६२ अर्ब ५५ करोड रुपैयाँबराबरको कारोबार भएको थियो  । यस हिसाबले यो साता दोस्रो बजारमा नेप्से परिसूचक र दैनिक औषत कारोबार दुवै घट्यो । यो साता बजार पूँजीकरण ४५ खर्ब ४३ अर्ब रह्यो । अघिल्लो साता भने बजार पूँजीकरण ४६  खर्ब ७९ अर्ब रहेको थियो । यस हिसावले यो साता बजार घट्दा लगानीकर्ताको सम्पत्ति १ खर्व ३६ अर्बले घटेको छ ।  

प्राविधिक पक्षः  

क्याण्डल स्टिकको आधारमा  

क्याण्डल स्टिकको बिकास १८ औ शताब्दीमा जापानमा भएको हो । यसको बिकास र प्रयोग जापानका एक धान व्यापरिले गरेका थिए । क्याण्डल स्टिकको विश्लेषणबाट कम्पनी तथा सूचकको हाल बनेको क्याण्डलको आधारमा भविष्यको दिशा निर्धारण गर्ने गरिन्छ । यसमा सिंगल क्याण्डल , डबल क्याण्डल र ट्रिपल क्याण्डल स्टिकको माध्यमबाट भविष्यको दिशा विश्लेषण गरिन्छ ।  

नेप्सेमा बनाएको पछिल्लो तीन साताको ट्रिपल क्याण्डल स्टिक प्याटर्नबाट नियाल्दा नेप्सेमा प्रष्ट रुपमा शुटिङ स्टार भ्यालिड बनेको देखिन्छ । यसमा पहिलो क्याण्डल बुलिस बनेको छ भने दोस्रो क्याण्डल माथि लामो धागो सहितको क्याण्डल बनेको दखिन्छ । त्यसपछिको क्याण्डल बियरिस प्रकृतिको क्याण्डल बनेको छ ।  

जसले शुटिङ स्टारलाई भ्यालिड बनाएको छ । यसले सम्भाबित रुपमा आगामी दिनको बजार करेक्सनको बाटोमा रहेको जनाउछ ।  

 

 

CG Motors
Muktinath Bikas Bank Limited

इचिमोकू  

इचिमोकु क्लाउड इन्डिकेटर सन् १९६८ मा एक जापानका नागरिकले प्रतिपादन गरेका थिए। प्रतिपादनसँगै यो इन्डिकेटर त्यहाँस्थित एउटा टोकियो न्युज पेपरमा प्रकाशित भएको थियो । योसँगै यो इन्डिकेटर संसारभर प्रयोगमा आएको हो ।  

अन्य इन्डिकेटरजस्तै यसमा पनि विभिन्न रेखाहरु र क्यान्डल स्टिकको गतिलाई चार्टमा राखेर विश्लेषण गरिन्छ ।  

यस आधारमा हालको बजारलाई नियाल्दा बजार पछिल्लो ६ महिना साइडवेजमा चलेको देखिन्छ । मूल्य रेखाहरु क्लाउडको पोजिसन भन्दा माथि नै चलेका छन । तर मूल्य रेखाहरु बेसलाइन र कन्भर्जन लाइन भन्दा तल खसेको अवस्था छ । यस इन्डिेकेटरबाट नियाल्दा बजारले अप ट्रेन्ड लिने प्रयास गरेको तर त्यो टिक्न नसकेको अवस्था देखिन्छ ।  

५० दिने मूभिङ एभरेजको आधारमा  

मूभिङ एभरेज भनेको सेयर तथा सूचकको अन्तिम मूल्य वा विन्दुलाई मूभ गर्दै एभरेज निकाल्ने विधिलाई बुझिन्छ । यो विधिमार्फत बजारमा विशेषगरी ५ दिने र २० दिने ५०, दिने र २०० दिने रेखाहरुको चाल हेर्ने गरिन्छ । छोटो सयमको उतारचढाव निकाल्न छोटो नै अवधि र लामो समयको उतारचढाव हेर्न लामो नै समयको प्रयोग गरिन्छ ।  यो विधि पूँजीबजार तथा डेरिभेटिभ बजारमा प्रयोग गरिन्छ ।  

यो रेखाको आधारमा हाल बजार बुलिस नै देखिन्छ । मूल्य रेखा ५० दिने मूभिङ एभरेज भन्दा माथि नै रहेको छ । अर्थात बजार आगामी कारोबारमा २६९० विन्दुभन्दा माथि रहन्छ भने पनि बजार बुलिस नै हो ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –३०३९

प्रतिरोध २ – २९३३

प्रतिरोध १–२८७५

पिभट् प्वइन्टः२७६८

घटेमा सपोर्ट  

सपोर्ट १– २७०८

सपोर्ट २– २६०२

सपोर्ट  ३ –२५४३

पिभट् प्वइन्टः  

निष्कर्षः  अघिल्लो साता झिनो अंकले बढेको बजारमा यो साता करिब ८२ अंकले गिरावट आयो । बजारलाई बिभिन्न इन्डिकेटर इचिमोकू , मुभिङ एभरेज क्याण्डल स्टिकबाट नियाल्दा अल्पकालिन करेक्नस देखिन्छ भने मुभिङ एभरेजबाट नियाल्दा दीर्घकालिन रुपमा भने बुलिस नै देखिन्छ । यो साताको ४ कारोबारमा बजारमा दैनिक औषत कारोबार ९ अर्ब मात्रै आएको छ । यो भनेको यो साता बजार कारोबारमा केही कमजोर बनेको छ । यदि आगामी कारोबारमा पनि बजारमा भोल्युम र कारोबारले साथ दिएन भने बजार केही समय साइडवेज पनि जान सक्छ । किनकी अघिल्लो साता एकै दिन झण्डै १४ अर्व कारोबार भएको बजारमा यो साता कारोबार १० अर्बबाट तल झरेको छ । यसर्थ बजार बुल जानको लागि दैनिक कारोबार १२ देखि १५ अर्वको आउनु पर्ने देखिन्छ । अर्थात बजारलाई कारोबारको साथ आबश्यक देखिन्छ । तर दैनिक कारोबार घट्दै गएमा  भने बजार साइडवेजमा चल्न पनि सक्छ ।  

क्षेत्रगत रुपमा यो साता सबै समूहमा राताम्मे भयो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.