शनिबार, असार १४,२०८२ 05:30:49
  • शनिबार, असार १४,२०८२ 05:30:49
Global IME Bank Limited

नेप्सेको चार्टमा‘रिभर्सल हेड एण्ड सोल्डर’, आगामी साताबाट गति लिन सक्ने

Hyundai Nepal
नेप्सेको चार्टमा‘रिभर्सल हेड एण्ड सोल्डर’, आगामी साताबाट गति लिन सक्ने
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा तिहार बिदा र छठको कारण २ दिन मात्रै सेयर कारोबार भयो । २ दिनमा बजार झिनो अंकले २ दिन नै घट्यो । अघिल्लो साता २६७७.६२ विन्दुमा बन्द भएको बजार यो साता २६७५.५१ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता २ अंकले मात्रै बजार घट्यो । अघिल्लो साता भने ५०.४८ अंकले बजार घटेको थियो ।  

यो साता २ कारोबारमा जम्मा ९ अर्ब ४२ करोड रुपैयाँबराबरको कारोबार भयो । अघिल्लो साता ४ दिन कारोबारमा २२ अर्ब १६ करोडले सेयर कारोबार भयो । यस हिसाबले यो साता दैनिक औषत ४ अर्ब २१ करोड कारोबार भयो । अघिल्लो साता भने करिब ६ अर्ब दैनिक औषत कारोबार भएको थियो ।  

यो साता बजार झिनो अंकले घट्दा सेयर कारोबार पनि भने घटेको छ । यो साता बजार पूँजीकरण ४२ खर्ब ५९ अर्ब पुगेको छ । अघिल्लो साता बजार पूँजीकारण ४२ खर्ब ६० अर्ब रहेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

प्राविधिक पक्षः  

साप्ताहिक रुपमा बजारलाई प्राविधिक हिसाबले हेर्दा २ अंकमात्रै घटेको बजारमा कुनै पनि परिवर्तन भएको देखिदैन । तर भदौ २ पछि खसेको बजार २४४० विन्दुसम्म आएको देखिन्छ । त्यसपछि बजारले पुनः रिभर्सल हेड एण्ड सोल्डर बनाएको छ । यो साता २६७५ मा बलियो सपोर्ट लिएको बजारले अब २७७५ विन्दुमा बलियो प्रतिरोध सामाना गर्न सक्छ ।  

त्यसपछि यदि बजार बढेर त्यहाँबाट पनि माथि लाग्छ भने नेप्सेले करिब ३ हजारसम्मको टार्गेट सेट गर्न सक्छ । हालको पछिल्लो बजारलाई नियाल्दा यदि २६ सय भन्दा माथि टिक्छ भने बजारले माथिकै यात्रा तय गर्न सक्ने देखिन्छ । तर त्यहाँबाट तल खस्छ भने बजारमा डाउ थेउरीमा लोअर लो र लोअर  हाईका सिलसिला चल्न सक्छ । हालको बजारमा त्यो सम्भावना भने कमै देखिन्छ ।  

मुख्य तस्बिर माथि

पिभट् प्वइन्टः

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २८१३

प्रतिरोध २ – २७५९

प्रतिरोध १–  २७१८

पिभट प्वइन्टः २६६५

घटेमा सपोर्ट  

सपोर्ट १– २६२३

सपोर्ट २– २५६९

सपोर्ट  ३ –२५२८

निष्कर्षः अघिल्लो साता ५० अंकले घटेको सेयर बजार यो साता २ अंकले मात्रै घट्यो । बजार घट्दा कारोबार घट्नु भनेको बजारमा बिक्रेता हराउँदै गरेको भन्ने हो । यो सातासम्म चार्डपर्वको कारण साइड वेजमा चलको बजारले आगामी साताबाट गति लिन सक्छ । किनकी अधिक तरलताले  बैंकको ब्याजदर न्यून विन्दुमा नै चलेको छ । अन्य लगानीका क्षेत्रहरु पनि खुम्चदै गएका छन् ।  

तर बजारमा अहिले सस्थागत लगानीकर्ताहरु खासै सक्रिय नहुँदा बजारले गति लिन सकेको छैन । यसको लागि नेपाल राष्ट्र बैंकले आगामी समीक्षामा बैंक तथा वित्तिय संस्थालाई सेयर कारोबारमा केही सहज गरिदिएको खण्डमा बजारले राम्रै गति पनि लिन सक्छ ।  

प्राविधिक रुपमा हालको बजार अप ट्रेन्डमा नै चलेको देखिन्छ । किनकी बजार डाउ थेउरीमा हायर हाई र हायर लो बनाउँदै चलेको देखिन्छ । यो साता २७०० विन्दु आसपास प्रतिरोध सामाना गरेको बजार यदि आगामी साता त्यहाँबाट माथि लाग्छ भने बजारले बुलिस यात्रा तय पनि गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.