शनिबार, फाल्गुन १०,२०८१ 09:43:17
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:43:17
IME remit
Global IME Bank Limited

नेप्सेको चार्टमा इलिअट वेभको ‘थर्ड अफ थर्ड’चल्दै, बजार छिट्टै २६०० भन्दा माथि पुग्न सक्ने

Hyundai Nepal
नेप्सेको चार्टमा इलिअट वेभको ‘थर्ड अफ थर्ड’चल्दै, बजार छिट्टै २६०० भन्दा माथि पुग्न सक्ने
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । ४ दिनमा बजार २ दिन बढ्यो भने २ दिन घट्यो । अघिल्लो साता १९३०.५५ मा बन्द भएको बजार यो साता २०८०.८७ मा बन्द भयो । यो हिसावले यो साता सेयर बजारमा करिव  ५०.३२ अंकले बढोत्तरी आयो । अघिल्लो साता पनि बजारमा ५८.४६  अंकको बढोत्तरी आएको थियो । यो साता दोस्रो बजारमा ४ दिनको कारोबारमा १५.६६ अर्बबराबरकोे कारोबार भयो । अघिल्लो साता ५ दिनको कारोबारमा १३.२२ अर्बबराबरको कारोबार भएको थियो । यस हिसावले यो साता कारोबार र सूचक दुबैमा बढोत्तरी आएको छ । यो साता बजार पूँँजीकरण ३२ खर्ब २७ अर्ब पुगेको छ  । अघिल्लो साता बजार पूँँजीकरण ३१.९१ अर्ब रुपैयाँ रहेको थियो । यस हिसावले यो साता बजारमा बढोत्तरी आँउदा ३६ अर्बले बजार पूँजीकरण बढेको छ । नेप्सेमा अघिल्लो सातादेखि आएको बढोत्तरीले यो साता पनि निरन्तरता पाएको छ ।  

प्राविधिक पक्षः

इलिअट वेभ

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले साना–ठूला गरेर  एकदिनदेखि एक सय बर्षसम्मको समय अबधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक–फरक वेभ हुन्छन्, भने तल जान ३ वेभ हुन्छन् ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

माथि लाग्ने पाँच वेभमा पनि तीनवटा बढोत्तरीका र दुईवटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ए हो । वेभ ए, बी, सीले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

इलिअट वेभअन्तगर्त बजारको पछिल्लो अवस्थालाई नियाल्दा हामीले अघिल्ला विश्लेषणहरुमा भने जस्तै बजार माइनरको दोस्रो वेभ १९५० सकिएको यो साताको बजारले पुष्टि गरेको छ । अब बजारमा थर्ड–अफ थर्ड चल्न सक्ने सम्भावन अधिक देखिएको छ ।

यो भनेको थर्ड वेभको उचाइ २६०० सम्म हुन जान्छ । त्यहाँ भित्र पनि बजारले  साना–साना वेभ निमार्ण गर्दै जाने भएकोले बजार धेरै पटक तल माथि गर्छ । गत साता र यो साता बजारले बनाएको चक्रलाई फिवोनासी र इलिअट वेभ मार्फत संयुक्त रुपमा नियाल्दा गत साता देखि बजारमा माइनर भित्रको पनि मिनेट वेभ चलेको देखिन्छ । जसमा वेभ १ को उचाइ १९५० देखि २०८०  सम्म चल्यो । वेभ २ मा करेक्सन भएर २००० सम्म आयो । हाल चलेको तेस्रो वेभ करिव २२०८ सम्म जाने छ । त्यस पछि चौथो वेभको करेक्सनले बजार पुनः २१३० सम्म आउन सक्छ । यहाँबाट पाँचौ वेभ बनाँउदा बजारले करिव २३५० सम्म हालको चक्र चल्ने छ । त्यस पछि वेभ एबीसी बनाउँदै बजार पुनः २२०० सम्म पनि आउन सक्छ ।  

यस पल्ट १९५० लाई आधार बनाए माथि लागेको बजारले यस अघिको २२६०  को प्रतिरोधलाई अब भने सहज रुपमा ब्रेक गरेर माथि जान सक्छ । यद्यपि अब  एबीसी करेक्सन चल्दा भने बजारले यस अघिको प्रतिरोध २२ सयलाई बलियो सपोर्ट बनाउन सक्छ । यी सबै प्रकृया बजारले अबको ४ देखि ६ महिनाको समय अबधिमा पुरा गर्न सक्छ ।  

माथि मूख्य तस्बिर

बोलिङगर ब्याण्ड म्याक्डी र आरएसआई  

बजारलाई डेलीबेसमा बोलिङगर ब्याण्ड मार्फत  नियाल्दा यो साता अपर ब्याण्डको २१२१ मा  प्रतिरोध सामना गरेको छ ।¬ यो साता २०८० मा बन्द भएको बजार यदि मध्य ब्याण्डसम्म आउँछ भने २०३० सम्म हुन सक्छ । म्याक्डी मार्फत नियाल्दा बजार यस अघि बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम सकरात्मक नै छन् । आरएसआई ५५ को तहमा रहेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजार अप ट्रेन्डमा नै चलेको छ । तर अल्पकालमा केही करेक्सन हुन सक्छ । साप्ताहिक  रुपमा हेर्दा बजार २ हजार माथि चलुन्जेल बुलिस नै रहेको देखिन्छ ।  

मुभिङ एभरेज  

मुभिङ एभरेजबाट नियाल्दा बजारले यो साता बजार ५० दिने एभरेन्ज भन्दा माथि नै टेवा लिएको छ । यसले बढ्दो बजारलाई बुझन सकिन्छ । बजारमा यदि  ५० दिने मुभिङ एभरेज भन्दा माथि कारोबार भएमा बुल बजार र त्यहाँ भन्दा तल लागेमा वियरिस बजार भनेर बुझिन्छ । यो साता बजार यो रेखा भन्दा माथि लागेको छ । यदि आगामी दिनमा बजार ५० दिने रेखा भन्दा माथि लाग्छ भने अप ट्रेन्ड मान्न सकिन्छ ।  

पिभट् प्वइन्टः 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –२२०३

प्रतिरोध २ –२१५६

प्रतिरोध १– २०५६

पिभट प्वइन्टः २०१७

 

घटेमा सपोर्ट  

सपोर्ट १– १९२४

सपोर्ट २– १८७७

प्रतिरोध ३ –१७८५

निष्कर्षः अघिल्लो साता बुलिस इन्गिल्फिङ बनाएर संम्हालिएको बजार यो साता पनि ५०.३२ अंकले बढोत्तरी आएको छ । यो साता जम्मा ४ दिन कारोबारमा अघिल्लो साताको तुलनामा कारोबार पनि बढ्यो । यो संगै बजारमा  लगातार २ साता बढोत्तरी आयो । यो साता २१ सय माथि कारोबार भएको बजार २०८०  मा बन्द भएको छ । पछिल्लो २ साताको  बजारलाई इलिअट वेभबाट नियाल्दा १९५० मा माइनरको वेभ २ को करेक्सन सकिएको देखिन्छ । अबको बढोत्तरी हामीले पहिले देखि नै भन्दै आएको थर्ड अफ थर्ड हुने सम्भावना अधिक छ । यो भनेको बजारको माइनरको थर्ड वेभ नै २६ सय माथि हुने देखिन्छ । पाँचौ वेभ भने ३ हजार आसपास हुने देखिन्छ ।  

यस बीचमा पनि बजार धेरै पल्ट तलमाथि गरेर उत्तार चढाव आउन सक्छ ।  यो साता माइनर वेभ भित्रको पनि मिनेट वेभको पहिलो तथा दोस्रो चलेको देखिन्छ । अब चल्ने मिनेटको थर्डमा बजार २२ सय सम्म पुनः पुग्न सक्छ । पाँचौ वेभमा भने बजार २३५० आसपास पुगेर हाल चलेको बजारको एउटा चक्र वेभ एबीसी करेक्सन हुँदे सकिने छ । त्यस पछि भने बजार २२ सय भन्दा माथि नै टिक्ने छ । यस हिसावले इलिअट वेभ मार्फन बजारको प्रक्षेपण गर्दा अबको सानो करेक्सन पछि बजारले यस अघिको २२ को प्रतिरोधलाई सहज रुपमा ब्रेक गरेर माथि जान सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.