शनिबार, आश्विन ३१,२०८३ 06:19:05
Bizshala
  • शनिबार, आश्विन ३१,२०८३ 06:19:05
Bizshala
Global IME Bank Limited

लगातार तीन साता घटेको बजारमा यो साता लाग्यो ब्रेक, के होला आगामी साता ?

Bizshala
लगातार तीन साता घटेको बजारमा यो साता लाग्यो ब्रेक, के होला आगामी साता ?
New Office

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । डिसेम्बर २५ मा क्रिसमसका कारण बजार बन्द रहेको थियो । ४ दिनमा बजार ३ दिन बढ्यो भने १ दिन मात्रै घट्यो । अघिल्लो साता २ हजार ५९६. ८२ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६३०.७१ विन्दुमा बन्द भयो  । यस हिसाबले यो साता  ३३.८९ अंकले बजार बढ्यो ।  

अघिल्लो साता ८५.४१ अंकले बजार घटेको थियो । यो साता ४ कारोबारमा १९ अर्ब ४८ करोडबराबरको सेयर कारोबार भयो । अघिल्लो साता पनि चार कारोबारमा १९.३० अर्बबराबरको कारोबार भएको थियो । यस हिसाबले यो साता  बजार बढ्दा  कारोबार पनि बढ्यो  । यो साता बजार पूँजीकरण ४३ खर्ब ६३ अर्ब रह्यो । यस्तो बजार पूँजीकरण अघिल्लो साता ४३ अर्ब ७ अर्ब थियो ।  यस हिसाबले यो साता बजार बढ्दा ५६ अर्बले बजार पूँजीकरण बढेको छ ।

 

 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

प्राविधिक पक्षः  

क्याण्डल स्टिकको आधारमा  

क्याण्डल स्टिकको आधारमा लगातार तीन साता घटेको बजारमा यो साता बुलिस प्रकृतिको क्याण्डल बनेको छ । यसले बजार घट्न रोकिएको मान्न सकिन्छ । बजारलाई मन्थ्ली बेसमा हेर्दा भने यो महिना वियरिस प्रकृतिको क्याण्डल बनेको छ । यस हिसाबले डिसेम्बर महिनामा बजारमा बिक्री दबाब परेको देखिन्छ । बजारलाई साप्ताहिक तथा मन्थ्ली दुवै आधारमा नियाल्दा बजार घट्दा कारोबार पनि घटेको छ ।  

त्यसैगरि, बजारलाई प्राइस एक्सनमार्फत नियाल्दा यो साता बजारले लोअर हाई बनाउन माथि गएको देखिन्छ । यो साता २६३० विन्दुमा बन्द भएको बजार आगामी साता २६६० विन्दुभन्दा माथि क्लोजिङ हुन्छ भने बजारले पुनः अप ट्रेन्ड लिन सक्छ । यो साता बैंकिङ सूचकमा आएको सुधारले आगामी साता पनि निरन्तरता पाएको खण्डमा बजारको यात्रा माथि नै हुन सक्छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

यो साताको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा केही समयदेखि तल्लो ब्याण्डमा चलेको बजारमा केही सुधार भएको देखिन्छ । तर बजार मध्य ब्याण्ड भन्दा माथि गएको अवस्था भने होइन । त्यसैगरि, म्याक्डीमा पनि केही समय पहिले बनेको बियरिस क्रसओभर भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम फिक्का र छोटा–छोटा हुँदै गएका छन् । आरएसआई ओभर सोल्ड जोन नजिक ३३ बाट फर्केर ४३ को तहमा पुगेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा यो साता बजार घट्न रोकिएको मान्न सकिन्छ ।  

पिभट् प्वइन्ट  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २७४७

प्रतिरोध २ – २७१५

प्रतिरोध १–  २६५६

पिभट प्वइन्टः २६२५

घटेमा सपोर्ट  

सपोर्ट १– २५६५

सपोर्ट २– २५३३

सपोर्ट  ३ –२४७५

निष्कर्षः लगातार तीन साता घटेको बजारमा यो साता सुधार आएको छ । यसले बजार घट्न रोकिएको मान्न सकिन्छ । तर बजार फर्किहाल्यो भन्न भने सकिदैन । बजारलाई प्राइस एक्सनबाट नियाल्दा लोअर लो र लोअर हाईका सिरिजहरु बनेको देखिन्छ । यद्यपी यो साता २६३० विन्दुमा बन्द भएको बजार आगामी साता बोलिङ्गरको मध्य ब्याण्ड अर्थात २६६० विन्दुभन्दा माथि भोल्युम सहित बन्द हुन्छ भने बजारले आगामी साता माथिको यात्रा तय गर्न सक्छ ।  

क्षेत्रगत रुपमा हेर्दा यो साता वाणिज्य बैंकमा भोल्यूम सहित बढोत्तरी आएको छ । त्यसैगरि, लगानी समूह , कारोबार समूह , उत्पादन तथा प्रशोधन समूह र लघुवित्तमा बढोत्तरी आयो भने बाँकी अन्य समूह,  विकास बैंक समूह , वित्त समूह , जलविद्युत समूह , लाइफ , नन्लाइफ  होटल्स र म्यूचुअल फण्डमा गिरावट आयो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.