शनिबार, श्रावण १०,२०८२ 11:45:08
  • शनिबार, श्रावण १०,२०८२ 11:45:08
Global IME Bank Limited

लगातार ४ साता बढेको सेयरबजार आगामी साता कस्तो रहला ?

Hyundai Nepal
लगातार ४ साता बढेको सेयरबजार आगामी साता कस्तो रहला ?
Shivam Cement

काठमाण्डौ । यो साता  सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता पनि ५ दिन नै सेयर कारोबार भएको थियो  ।  यो साता ५ दिनको कारोबारमा बजार ५ दिन नै बढ्यो । अघिल्लो साता २ हजार ८७०.६३ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ९८२.६४ को विन्दुमा बन्द भयो  ।  

यस हिसाबले यो साता नेप्से परिसूचकमा ११२ अंकको सुधार आयो । अघिल्लो साता बजारमा १३९ अंकको सुधार आएको थियो । यो साता दोस्रो बजारमा ९५ अर्ब ९४ करोड रुपैयाँबराबरको कारोबार भयो । अघिल्लो साता दोस्रो बजारमा ५९ अर्ब ६३ करोडको सेयर कारोबार भएको थियो ।  

यस हिसाबले यो साता बजारमा कारोबार र सूचक दुवैमा बढोत्तरी आयो । यो साता बजार बढ्दा बजार पूँजीकरण ४९ खर्ब ७७ अर्ब पुग्यो । अघिल्लो साता बजार बढ्दा बजार पूँजीकरण ४७ खर्ब ८३ अर्ब पुगेको थियो । यस हिसाबले यो साता बजार बढ्दा लगानीकर्ताहरुको सम्पति १ खर्ब ९४ अर्बले बढ्यो ।  

प्राविधिक पक्ष  

अघिल्लो साताको बजारलाई हामीले सिमेट्रिकल प्याटर्नबाट नियालेका थियौं । सिमेट्रिकल प्याटर्नबाट नियाल्दा बजारले अप साइड ब्रेक गरेको कारण कम्तिमा बजारले ३४ सय आसपास पुग्न सक्ने भन्ने प्रक्षेपण थियो । त्यसैगरि, यो साताको इलिअट वेभबाट नियाल्दा पनि बजारले पाँचौ वेभसम्ममा ३४ सयको टार्गेटसमम पुग्न सक्छ भन्ने हाम्रो विश्लेषण हो । यी विश्लेषण हालको राजनीतिक र आर्थिक परिस्थितिलाई आधारमानि गरिएका प्रक्षेपण हुन् ।

Muktinath Bikas Bank Limited

इलिअट वेभको आधारमा  

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले सानाठूला गरेर एकदिनदेखि एकसय वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  

माथि लाग्ने पाँच वेभमा पनि तीनवटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ‘ए’ हो । वेभ ‘ए’, ‘बी’, ‘सी’ले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

यो साताको बजारलाई लगानीकर्ताको मनोविज्ञान, बजारले बनाएको चक्र, कारोबार र कारोबार रकम समेतको आधारमा २६ सयको बिन्दुदेखि २७८० सम्म वेभ १ , त्यसपछि वेभ २ मा ९९ प्रतिशससम्म करेक्सन हुनसक्छ भन्ने सिद्धान्तको आधारमा बजारले करिव २६०९ विन्दुसम्म करेक्नस भएको देखिन्छ ।  

हालको बढोत्तरीमा सानो समय अवधिको तेस्रो वेभमा बजार ३१६० विन्दुसम्म पुग्न पनि सक्छ । त्यसपछि चौथो वेभमा करेक्नस भएर लगभग २९ सय विन्दुसम्म पनि आउन सक्छ । त्यसपछिको पाँचौ वेभको बढोत्तरीमा बजारले ३४ सय भन्दा माथी पहिलो टार्गेट लिन सक्छ । यद्यपी यो बीचमा बजारमा सानो समय अवधिका धरै उतारचढाव आउन सक्छन् ।

मुभिङ एभरेजको आधारमा  

मुभिङ एभरेज भनेको मुभ हुँदै एभरेज निकाल्ने विधिलाई बुझिन्छ । यो विधिमार्फत बजारमा छोटो समय अवधिको चाल हेर्न छोटो ५ दिने र २० दिने रेखाहरुको चाल हेर्ने गरिन्छ । त्यसैगरि, लामो समय अवधिको चाल हेर्न ५० दिन र २०० दिन अवधिको रेखाहरुको चाल हेर्ने गरिनछ । यो विधि पूँँजीबजार तथा डेरिभेटिभ बजारमा प्रयोग गरिन्छ ।  

हालको बजारमा केही समय पहिले २०० दिने रेखालाई  ५० दिने रेखाले तलबाट काटेर गोल्डेन क्रसओभर बनेको देखिन्छ । यसले सम्भावित रुपमा बजार दीर्घकालमा अझै अप ट्रेन्डको सम्भावना रहन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ३०७९

प्रतिरोध २ – २९८२

प्रतिरोध १–  २९२४

पिभट् प्वइन्टः २८२४

घटेमा सपोर्ट 

सपोर्ट १– २७७०

सपोर्ट २– २६६९

सपोर्ट  ३ –२६१५

निष्कर्षः यो साताको पाँच कारोबारमा नेप्सेमा ११२.०१ अंकको सुधार आयो । अघिल्लो साता भने नेप्समो १३९ अंकको सुधार आएको थियो । यो साता बजारमा कारोबार र सूचक दुवैमा सुधार आएको छ । अघिल्लो साताको तुलनामा यो साता कारोबारपनि झण्डै एक खर्ब नजिक भएको छ ।  

पछिल्लोसयम नेप्से परिसूचक २६ सय विन्दुदेखि लगातार ४ सातासम्म बढेको छ । साप्ताहिक रुपमा यो साता पनि नेप्सेमा बुलिस प्रकृतिको क्याण्डल बनेको छ । डेली बेसमा नियाल्दा भने साताका अन्तिम कारोबारमा केही समानान्तर प्रकृतिका २ वटा क्याण्डल बनेको देखिन्छ ।

क्याण्डल स्टिकबाट नियाल्दा बजारमा केही बिक्री दबाब पनि परेको देखिन्छ । विभिन्न इन्डिकेटरबाट नियाल्दा भने बजार बुल ट्रेन्डमा नै चलेको देखिन्छ । यस हिसाबले आगामी साता करेक्सन भएतापनि बजारले २९५० विन्दुमा बलियो सपोर्ट लिन सक्छ । यदि त्यो विन्दुबाट तल खसेमा बजारले अल्पकालिन करेक्नस पनि लिन सक्छ । मूभिङ एभरेज तथा अन्य इन्डिकेटरबाट नियाल्दा दीर्घकालमा भने हालको बजार बुल नै हो ।  

क्षेत्रगत रुपमा यो साताको बजारलाई नियाल्दा यो साता पनि सबै समूहमा हरियाली छायो । यो साता अन्य र जलबिदुत क्षेत्रमा चमक देखियो ।  

नोटःसेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.