बिहीबार, बैशाख ३१,२०८३ 06:51:29
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 06:51:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

उच्च कारोबारसहित नेप्सेमा दोहोरो अंकको करेक्सन, ‘नाफा बुक मुख्य कारण’

Laxmi Sunrise Bank Limited
उच्च कारोबारसहित नेप्सेमा दोहोरो अंकको करेक्सन, ‘नाफा बुक मुख्य कारण’
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.०६ प्रतिशत अर्थात २७.३२ अंकले घटेर २ हजार ५३६.११ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३६ प्रतिशतले घटेर ४५२.९३ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको ४ करोड ६ लाख ८४ हजार ७२६ कित्ता सेयर १६ अर्ब १६ करोड ७९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको कारोबार ३ वर्षपछिकै उच्च हो । यसअघि २०७८ साल भदौ २ गते बजारमा २१ अर्ब माथिको कारोबार भएको थियो । त्यपछिको वियरिस ट्रेण्डमा भएको कारोबारमध्ये आजको कारोबार सर्वाधिक हो ।  

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘लगातार करिब साढे ५ सय अंकले बढेको बजारमा आज केहि अंक करेक्सन हुनु सामान्य नाफा बुकको परिणाम हो । पछिल्लो समय बैंकिङ क्षेत्र पनि चलायमान हुँदै गएको छ । नयाँ पैसा भित्रिएको छ । यो सबै प्रगति नयाँ सत्ता समीकरण र प्रधानमन्त्रीले गरेको प्रतिवद्धताका कारण देखिएको हो ।’

बजार बढ्दै जादा नयाँ लगानीकर्ताहरु धेरै हौसिएर उच्च मूल्य भएका कम्पनीहरुमा भन्दा न्यून मूल्य भएका कम्तिमा १० प्रतिशत लाभांश क्षमता भएका कम्पनीमा लगानी गर्न पाठकले लगानीकर्तालाई सुझाव दिए ।  

नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल भन्छिन्,‘सेयर बजारमा घटबढ सामान्य विषय हो । धेरै दिन बढेको बजारमा आज नाफा बुक भएको छ । पछिल्लोसमय बजार बढ्नु नयाँ सत्ता समीकरणलाई लगानीकर्ताले गरेको विश्वास हो । त्यसैले बजार चलायमान नै हुने देखिन्छ ।’    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा समूहमा मात्रै हरियाली छायो । आज वित्त समूह १.१६ प्रतिशत र होटल समूह ०.१३ प्रतिशतले बढ्यो ।  

Bizshala
New Office
CG Motors

आज व्यापार समूहमा सबैभन्दा धेरै गिरावट आयो । आज यो समूह ३.०९ प्रतिशतले घट्यो । बैंकिङ समूह आज १.२१ प्रतिशत, विकास बैंक ०.५६ प्रतिशत, हाईड्रो १.५७,लगानी ०.८३,जीवन बीमा ०.३१,उत्पादन तथा प्रशोधन १.२४,लघुवित्त १.३५,म्युचुअल फण्ड ०.७६,निर्जीवन बीमा ०.१४ र अन्य समूह १.९० प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३५ करोड ९७ लाख बढीको सेयर कारोबार भयो । त्यस्तै आज शिवम् सिमेन्टको ३३ करोड ९८ लाख,अपर तामाकोशीको २९ करोड ४२ लाख,हिमाल दोलखाको २३ करोड ६ लाख र सानिमा जीआईसीको २२ करोड १८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज बोटलर्स नेपाल(तराई),समृद्धि फाइनान्स,एशियन हाईड्रोपावर र चन्द्रागिरी हिल्सको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज साहस उर्जाको सेयरमूल्य ८.८४ प्रतिशत,मितेरी डेभलपमेन्ट बैंकको ७.६६ र गुँरास लघुवित्तको सेयरमूल्य ६.७५ प्रतिशतले बढ्यो ।  

यो दिन चिरख्वा हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ७.७९ प्रतिशतले घट्यो  ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.