काठमाण्डौ । आज दिनभर सामान्य उतारचढाव भएको सेयरबजार अन्त्यमा झिनो अकंले घटेर बन्द भयो । यसअघि पनि बजार तीन दिन लगातार घटेको थियो । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा बजारमा अनिर्णयको क्याण्डल बनेको छ । यसले बजारमा अन्यौलता रहेको बुझिन्छ ।
म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम छोटा–छोटा हुँदै गएका छन् । आरएसआईबाट नियाल्दा भने बजार ओभर सोल्ड जोन ८३ को विन्दुबाट खसेर आज ६३ को विन्दुमा चलेको छ । यस्तो विन्दु न्यूट्रल तहसम्म आउन पनि सक्छ ।
यसले बजारमा बिक्री दबाब रहेको मान्न सकिन्छ । समग्र इन्डिकेटरबाट नियाल्दा बजारमा तीव्र नाफा बुक चलेको देखिन्छ । कारोबार तथा भोल्युमबाट नियाल्दा भने अझै पनि बजार बुलिस नै देखिन्छ । जसलाई १० अर्बमाथिको कारोबारले पुष्टि गरेको छ ।
आज २८१८ विन्दुमा बन्द भएको बजार यदि आगामी कारोबारमा २८४० विन्दुभन्दा माथि टिकेको खण्डमा अप ट्रेन्ड र २८ सय भन्दा तल खसेमा भने केही अंक गुमाउन पनि सक्नेछ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।