बिहीबार, बैशाख ३१,२०८३ 06:51:30
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 06:51:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेप्सेमा झिनो गिरावट,जानकार भन्छन्,‘आईपीओ निष्कासनले अझै पर्न सक्छ दवाब’

Laxmi Sunrise Bank Limited
नेप्सेमा झिनो गिरावट,जानकार भन्छन्,‘आईपीओ निष्कासनले अझै पर्न सक्छ दवाब’
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक ०.१३ प्रतिशत अर्थात २.७३ अंकले घटेर २००४.०५ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०९ प्रतिशतले घटेर ३५५.४२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०२ वटा कम्पनीको ६९ लाख ६३ हजार ३५९ कित्ता सेयर ३ अर्ब ३ करोड ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘अहिले ब्याजदर घट्दा पनि सेयर बजारमा खासै बढ्न सकेको छैन । यसलाई सरकारप्रति लगानीकर्ताको अविश्वासका रुपमा लिन सकिन्छ । त्यसैले नीतिगत सुधारको विकल्प देखिदैन । ’

पाठकले सेयर बजारबाट आधि लगानीकर्ता पलायन भईसकेको र राष्ट्र बैंकमा गएर पैसा थुप्रिएको बताए । यहि अवस्थामा आईपीओ निष्कासनको अनुमतिले सेयर बजारबाट झनै पैसा बाहिरिएको उनले बताए । ‘सरकारले माग बढाउने काम गर्न सकेन भने बजार यस्तै पनि रहन सक्छ । आज बजार घट्दा कारोबार रकम भने बढ्नुले लगानीकर्ताले खासै बेच्न नचाहेको बुझ्न सकिन्छ ।’ उनले भने ।  

अर्का बजार जानकार यज्ञ घिमिरे भन्छन्,‘चैत मसान्तको कारण बजार घटिरहेको छ । नयाँ अर्थमन्त्रीबाट अपेक्षा गरेअनुसार काम नहुँदा बजार घटेको छ । लगानीकर्ता माओवादी सरकारसँग डराएको देखिन्छ । सरकारले नीतिगत सुधार गरेर लगानीकर्ताको मन जित्नुपर्छ । अब लगानी सम्मेलन पनि आउँदै गरेकाले देशमा सरकार भएको आभाश हुनुपर्छ ।’ घिमिरेले भने ।    

Bizshala
New Office
CG Motors

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा  हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो । आज लघुवित्त समूहमा सर्वाधिक अर्थात २.३५ प्रतिशतको वृद्धि देखियो । यो दिन वित्त समूह ०.३२,होटल १.६७,निर्जीवन बीमा ०.२८ र व्यापार समूह ०.११ प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन गोर्खाज फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको आज २३ करोड ३२ लाख बढीको सेयर कारोबार भएको छ ।  

त्यस्तै शिवम् सिमेन्टको १८ करोड ३८ लाख,सर्वोत्तम सिमेन्टको १८ करोड २४ लाख,सूर्यज्योति लाइफको ६ करोड २३ लाख र सोनापुर मिनरल्सको ६ करोड २ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज मानुषी लघुवित्त,मनकामना स्मार्ट लघुवित्त,गुँरास लघुवित्त र तारागाउँ रिजेन्सी होटलको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीहरुको सेयरमूल्य क्रमशः१०,९.९९,९.९७ र९.९० प्रतिशतले वृद्धि भयो । आज धेरैजसो लघुवित्तहरुको सेयरमूल्यमा उछाल आएको छ ।  

यो दिन पिपुल्स पावरको सेयरमूल्य सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य ७.२४ प्रतिशतले घटेको आज सर्वोत्तम सिमेन्टको ५.८५ प्रतिशत,रिभर फल्स पावरको ४.०९ र इमर्जिङ नेपालको सेयरमूल्य ३.४६ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.