सोमबार, श्रावण १८,२०८३ 11:53:12
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:53:12
Bizshala
Global IME Bank Limited

चुनाव नजिकिएसँगै हरायो सेयरबजारको रौनक, परिसूचकमा दोहोरो अंकको गिरावट

चुनाव नजिकिएसँगै हरायो सेयरबजारको रौनक, परिसूचकमा दोहोरो अंकको गिरावट
New Office

काठमाण्डौ । सेयरबजारको गिरावट आजपनि कायम रहेको छ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.७७ प्रतिशत अर्थात २०.७५ अंकले घटेर २ हजार ६४२.१५ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६५ प्रतिशतले घटेर ४५२.६७ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३५४ वटा स्क्रिप्टको २ करोड ५ लाख ५९ हजार ५५ कित्ता सेयर ८ अर्ब ३६ करोड ४४ लाख बढीको सेयर कारोबार भयो । अघिल्लो दिन भने ७ अर्ब ९४ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘अझैपनि केही लगानीकर्ताहरुमा चुनाव हुने वा नहुने विषयको डरसँगै अन्योलता छ । राजनीतिक अस्थिरताका कारण बजारले लय लिन सकिरहेको छैन । केही दिनयता बजारमा प्यानिक सेल आइरहेको छ, जसकारण बजार माथि उक्लिन सकिरहेको छैन । साथै चुनाव भइहाले पनि चुनावपछि स्थिर सरकार बन्छ वा बन्दैन र नयाँ बन्ने सरकारले कस्ता खालका नीतिहरु ल्याउला भन्ने अन्योलता लगाानीकर्ताहरुमा छ ।’

उनले थपे, ‘ठूला लगानीकर्ताहरु अहिले झ्याप्पै लगानी गर्न आँट गरिरहेका छैनन र संस्थागत लगानीकर्ताहरुले समेत सेयर किन्न चाहिरहेका छैनन् । चुनावअघि बजार २६ सयभन्दा माथि जाने सम्भावना छैन र यो भन्दा पनि तल नघट्ने जस्तो देखिन्छ । बजारमा तरलता पर्याप्त भएका कारण यदि बजार यो भन्दा तल गइहाल्यो भने राम्रो कम्पनीमा लगानी गर्दा फाइदा हुने सम्भावना देखिन्छ । तर अहिले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् । सम्भवतः चुनावपछि बजारले लय लिन सक्ने देखिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबै समूहमा रातो पोतियो । आज म्युचुअल फण्ड र व्यापार समूह मात्रै बढे । यी समूहहरु क्रमशः ०.५६ र ,०.२२ प्रतिशतले बढे ।

फाइनान्स समूह आज सर्वाधिक अर्थात २.११ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.४५, विकास बैंक १.१८, होटल १.१९, हाईड्रो १.६३, लगानी ०.४८, जीवन बीमा ०.८१, उत्पादन तथा प्रशाृधन ०.७३, लघुवित्त ०.५०, निर्जीवन बीमा ०.७५ र अन्य समूह ०.५८ प्रतिशतले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज रिडी पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५३ करोड २६ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै, आँखुखोला जलविद्युतको ४४ करोड ५२ लाख, ङादी ग्रुप पावरको ३१ करोड २८ लाख, सिईडिबि होल्डिङ्ग्सको ३१ करोड ११ लाख र एसवाई प्यानलको २८ करोड ३२ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कम्पनीहरुमध्ये दुईवटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो। आज सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

रिलायन्स स्पिनिङको सेयरमूल्य अन्तिमतिर अस्वभाविक रुपमा वृद्धि भएको थियो । घटेर कारोबार भईरहेको कम्पनीको सेयरमूल्य अन्तिम प्रहरमा उचालिएको थियो । यसले कम्पनीको आज ६० कित्ता सेयर मात्रै किनबेच भएको छ । नेप्सेको फ्लोर सिट नियाल्दा यो कम्पनीको सेयरमा ८४, १०, १४ र ३६ नम्बर ब्रोकरबाट खरिद माग भएकोमा १४, ४७ र ३४ नम्बर ब्रोकरबाट बिक्री माग भएको देखिन्छ ।

यस्तै आज बुद्धभूमि नेपाल हाईड्रोको सेयरमूल्य ८.३९ प्रतिशत, त्रिशुली जलविद्युतको ६.३१ र आरम्भ चौतारी लघुवित्तको ५.९५ प्रतिशतले बढ्यो ।

सुपरमाई हाईड्रो पावरको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । यस्तै अपर स्याङ्गे हाईड्रोको सेयरमूल्य ७.०१ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ६.७१ र नेशनल हाईड्रोको सेयरमूल्य ५.२६ प्रतिशतले घट्यो । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.