बुधबार, माघ ७,२०८२ 05:40:17
Bizshala
  • बुधबार, माघ ७,२०८२ 05:40:17
Bizshala
Global IME Bank Limited
Bizshala

नेप्सेको गिरावट आजपनि जारी, जानकार भन्छन्, ‘गभर्नर नियुक्त हुन नसक्दा सेयरबजार उभो लाग्न सकेन’

नेप्सेको गिरावट आजपनि जारी, जानकार भन्छन्, ‘गभर्नर नियुक्त हुन नसक्दा सेयरबजार उभो लाग्न सकेन’
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को गिरावट आजपनि जारी रहेको छ । साताको चौथो कारोबार दिन आज नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३० प्रतिशत अर्थात ८.१४ अंकले घटेर २ हजार ६२३.८३ विन्दुमा झरेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३४ प्रतिशतले घटेर ४४२ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको २ करोड ४६ लाख ४१ हजार २६१ कित्ता सेयर ९ अर्ब ३७ करोड ४१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Bizshala
Garima Development Bank
New Office

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्,  ‘सरकारले गभर्नर नियुक्ति गर्न नसक्दा नै सेयर बजार घटिरहेको छ । यो भनेको देशको अर्थतन्त्र र पूँजी बजारलाई सरकारले गरेको उपेक्षा हो । यही कारण लगानीकर्ताको मनोबल बढ्न सकेको छैन । धितोपत्र बोर्डले पनि लगानीकर्ताको अपेक्षाबमोजिम काम गर्न सकेको देखिदैछ ।’

यद्यपी सरकारको नीति तथा कार्यक्रम र बजेट पनि आउदै गर्दा बजार धेरै घट्ने ठाउ भने नरहेको उनले बताए । उनले अहिले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको समेत बताए ।  

अर्का बजार जानकार विरेन्द्र विष्टको विचारमा पनि राजनीतिक विषय र शैक्षिक आन्दोलनले गर्दा बजारले गति लिन नसकेको हो । अहिले घटेको समयमा बजारमा एक्युमुलेशन चलिरहेको र बजेटपछि भने बजार ३ हजार विन्दुमाथि पुग्ने उनले दाबी गरे ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा समूहमा हरियाली छायो भने अन्य ८ वटा समूहमा रातो पोतियो । हाईड्रो समूह आज सर्वाधिक अर्थात ०.६१ प्रतिशतले बढ्यो । लघुवित्त समूह पनि आज ०.०४ म्युचुअल फण्ड ०.२३ र व्यापार समूह ०.४० प्रतिशतले बढ्यो ।  

अन्य समूह आज सबैभन्दा बढीले घट्यो । यो समूह आज १.१६ प्रतिशतले ओरालो लाग्यो । बैंकिङ समूह पनि आज ०.६४ प्रतिशत, विकास बैंक ०.९०,जीवन बीमा ०.०७ ,फाइनान्स १.१४,होटल ०.३१,लगानी ०.१३,उत्पादन तथा प्रशोधन ०.६५ र निर्जीवन बीमा समूह ०.१२ प्रतिशतले घट्यो ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन राधी विद्युतको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५८ करोड ४ लाख बढीको कारोबार भयो । नाङी ग्रुप पावरको सेयरमूल्य पनि आज ५२ करोड ९९ लाख, सानिमा माई हाईड्रोको ५० करोड ९४ लाख र अरुण भ्याली हाईड्रोको सेयरमूल्य ४२ करोड ३० लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज समाज लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो इन्स्योरेन्सको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।  

यस्तै आज सिनर्जी पावर कम्पनीको सेयरमूल्य ८.३७ र रिडी पावर कम्पनीको सेयरमूल्य ७.३६ प्रतिशतले बढ्यो ।  

भूगोल इनर्जीको सेयरमूल्य आज सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले घट्यो । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि आज ५.५७ र मायो खोला हाईड्रोको सेयरमूल्य ३.८६ प्रतिशतले घट्यो ।  

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.