काठमाण्डौ । साताको पहिलो कारोबार दिन अर्थात् तिहारपछिको पहिलो कारोबार दिन सेयबरजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ५.१९ अंकले बढेर २५०९ विन्दुमा उक्लिएको छ ।
नेप्सेमा सूचीकृत ३१३ कम्पनीको ५५ लाख ९६ हजार ७७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.७३ प्रतिशत र निर्जीवन बीमा समूह ०.०८ प्रतिशतले बढेको छ । आज २० बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेपाल रि इन्स्योरेन्स रहेको छ ।
कम्पनीको सेयरभाउ ७.१० प्रतिशतले बढेर १३७२ रुपैयाँ पुगेको छ । त्यस्तै, हिमालयन रि को १.४३ प्रतिशत, हिमालयन एभरेष्टको १.४६ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.६२ प्रतिशत, नेको इन्स्योरेन्सको ०.८८ प्रतिशत, सानिमा जिआइसीको १.१२ प्रतिशत, शिखरको ०.१६ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.५९ प्रतिशत र युनाइटेड अजोडको ०.६६ प्रतिशतले बढेको छ ।
यसका साथै, सिटिजन लाइफको ०३५ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ५.७० प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.७७ प्रतिशत, हिमालयन लाइफको ०.३१ प्रतिशत, आइएमई लाइफको ०.७३ प्रतिशत, एलआइसी नेपालको १.४९ प्रतिशत, नेपाल लाइफको ०.२७ प्रतिशत, नेशनल लाइफको १.७६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.६६ प्रतिशत, रिलायबल नेपाल लाइफको १.०८ प्रतिशत र सन नेपाल लाइफको १.१६ प्रतिशतले बढेको छ ।
आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीको सेयरभाउ १.१७ प्रतिशतले घटेको छ । त्यस्तै आइजीआई प्रुडेन्सियलको ०.२० प्रतिशत, एनएलजीको ०.०१ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.६८ प्रतिशत, प्रभुको ०.३३ प्रतिशत, सलिकोको ०.६६ प्रतिशत, एशियन लाइफको ०.३१ प्रतिशत, सूर्यज्योति लाइफको ०.७३ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.२१ प्रतिशतले घटेको छ ।

