बुधबार, असार १०,२०८३ 03:59:03
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:59:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, युनाइटेड अजोड इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक कमाए

Laxmi Sunrise Bank Limited
१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, युनाइटेड अजोड इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक कमाए

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ८.९० अंकले बढेर २०८२.०९ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३१४ कम्पनीको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये ७ वटा समूहमा हरियाली छाएको छ भने ६ वटा समूह राताम्य भएका छन् । 

बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.२४ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक भने १.२८ प्रतिशतले बढेको छ । आज १५ वटा बीमा कम्पनीको सेयरमूल्य बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने बीमा कम्पनीमा युनाइटेड अजोड इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.३९ प्रतिशतले बृद्धि भई ५७९ रुपैयाँ पुगेको छ । 

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, सिद्धार्थ प्रिमियरको २.९६ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २.४७ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको १.५२ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १.३४ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.२९ प्रतिशत, सन नेपाल लाइफको १.०६ प्रतिशत, सानिमा जिआइसीको ०.९५ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ०.७० प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.४० प्रतिशत, नेशनल लाइफको ०.३५ प्रतिशत, नेको इन्स्योरेन्सको ०.२४ प्रतिशत, एशियन लाइफको ०.१८ प्रतिशत, आइएमई लाइफको ०.१२ प्रतिशत र हिमालयन एभरेष्ट इन्स्योरेन्सको ०.०३ प्रतिशतले सेयरभाउ बढेको छ । त्यस्तै, आज सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने बीमा कम्पनीमा एलआइसी नेपाल रहेको छ । कम्पनीको सेयरभाउ १.४० प्रतिशतले घटेर १३४१ रुपैयाँ कायम भएको छ । 

त्यस्तै, सिटिजन लाइफको ०.७२ प्रतिशत, सुर्यज्योति लाइफको ०.७० प्रतिशत, नेपाल लाइफको ०.३७ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ०.३१ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.२९ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.२१ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.२१ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको ०.२० प्रतिशतले सेयरभाउ घटेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.