सोमबार, कार्तिक २,२०८३ 04:32:19
  • सोमबार, कार्तिक २,२०८३ 04:32:19
Global IME Bank Limited

५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा प्रभु महालक्ष्मी लाइफ

Bizshala
५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा प्रभु महालक्ष्मी लाइफ
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १८.१४ अंकले घटेर २६३५.०९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०८ कम्पनीको १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३० करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुईवटै उपसूचक आज घटेका छन् ।

जीवन बीमा समूहम १.१४ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.३४ प्रतिशतले घटेको छ । आज ५ वटा मात्रै बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.०४ प्रतिशतले बढेर १०१७.५० रुपैयाँ पुगेको छ। त्यस्तै, शिखर इन्योरेन्सको ०.५६ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ०.४६ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.४३ प्रतिशत र नेको इन्स्योरेन्सको ०.१८ प्रतिशतले सेयरभाउ बढेको छ । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा भने प्रभु महालक्ष्मी लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ३.६१ प्रतिशतले घटेर ५८७ रुपैयाँ कायम भएको छ । 

त्यस्तै, आइएमई लाइफको २.०२ प्रतिशत, रिलायबल नेपाल लाइफको १.७३ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.६९ प्रतिशत, सानिमा जिआइसीको १.५९ प्रतिशत, सन नेपाल लाइफको १.५४ प्रतिशत, हिमालयन एभरेष्टको १.४४ प्रतिशत, युनाइटेड अजोडको १.३४ प्रतिशत, सिटिजन लाइफको १.२८ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको १.२२ प्रतिशत, हिमालयन लाइफको ०.९९ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.९२ प्रतिशतले सेयरभाउ घटेको छ। 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यसका साथै सूर्यज्योेति लाइफको ०.८७ प्रतिशत, एशियन लाइफको ०.८२ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.८१ प्रतिशत, नेपाल लाइफको ०.७५ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.७२ प्रतिशत, नेशनल लाइफको ०.६० प्रतिशत, एलआइसी नेपालको ०.१८ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.१४ प्रतिशत र आरबीसीएलको ०.०७ प्रतिशतले सेयरभाउ घटेको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.