बुधबार, असार १०,२०८३ 04:08:31
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:08:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा हिमालयन एभरेष्ट

Laxmi Sunrise Bank Limited
१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा हिमालयन एभरेष्ट

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजार झिनो अंकले बृद्धि भएको छ । नेप्से परिसूचक १.८६ अंकले बढेर २६८५.७३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०७ कम्पनीको १ करोड ५५ लाख२० हजार ५५९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७१ करोड रुपैयाँमाथिको कारोबार भएकोछ । 

बीमा समूहका दुई उपसूचकमध्ये आज जीवन बीमा समूह ०.४८ प्रतिशतले बृद्धि भएको छ भने निर्जीवन बीमा उपसूचक ०.०३ प्रतिशतले घटेको छ । आज १४ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ९.९९ प्रतिशतले बृद्धि भई ४४०.६० रुपैयाँ पुगेको छ ।

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, सन नेपाल लाइफको २.१५ प्रतिशत, रिलायबल नेपाल लाइफको १.६५ प्रतिशत, सिटिजन लाइफको १.६४ प्रतिशत, आइएमई लाइफको २.८७ प्रतिशत, एलआइसी नेपालको १.४० प्रतिशत, नेशनल लाइफको १.०२ प्रतिशत, एशियन लाइफको ०.१३ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.१६ प्रतिशतले सेयरभाउ बढेको छ । यता निर्जीवनतर्फ आइजीआई प्रुडेन्सियलको १.१७ प्रतिशत, नेको इन्स्योरेन्सको ०.३७ प्रतिशत, सानिमा जिआइसीको ०.२९ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.६७ प्रतिशत र युनाइटेड अजोडको १.०२ प्रतिशतले सेयरभाउ बढेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै सर्वाधिक गुमाउनेमा भने आज हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.९८ प्रतिशतले घटेर ६४४ रुपैयाँ कायम भएको छ । त्यस्तै, हिमालयन रि को ०.५३ प्रतिशत, नेपाल रि को ०.५६ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.१० प्रतिशत, एनएलजीको ०.७० प्रतिशत, प्रभुको ०.६४ प्रतिशत, सगरमाथा लुम्बिनीको ०.१४ प्रतिशत, शिखरको ०.३२ प्रतिशत, हिमालयन लाइफको १.४० प्रतिशत, नेपाल लाइफको १.३७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.१८ प्रतिशत र सुर्यज्योति लाइफको ०.९७ प्रतिशतले सेयरभाउ घटेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.