बिहीबार, बैशाख ३१,२०८३ 07:10:43
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:10:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

६ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेशनल लाइफ

Laxmi Sunrise Bank Limited
६ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेशनल लाइफ
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ९.०९ अंकले बढेर २७११.७५ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३२३ कम्पनीको १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ८ वटा समूहमा हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य छन् । 

बीमा समूहका दुईवटै उपसूचका घटेको छ । जीवन बीमा समूह ०.१८ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०.२१ प्रतिशतले घटेको छ । आज ६ वटा मात्रै बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा सन नेपाल लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.६० प्रतिशतले बढेर ६३५ रुपैयाँ पुगेको छ । 

Bizshala
New Office
CG Motors

त्यस्तै, सानिमा जिआइसीको १ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.८७ प्रतिशत, एलआइसी नेपालको ०.८२ प्रतिशत, आरबीसीएलको ०.२७ प्रतिशत र प्रभु इन्स्योरेन्सको ०.२१ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा भने नेशनल लाइफ रहेको छ । कम्पनीको सेयरभाउ २.३४ प्रतिशतले घटेर ६०६ रुपैयाँ कायम भएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

त्यस्तै, एनएलजीको ०.९४ प्रतिशत, नेपाल लाइफको ०.८३ प्रतिशत, आइएमई लाइफको ०.७६ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.७५ प्रतिशत, नेको इन्स्योरेन्सको ०.७० प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.६२ प्रतिशत, हिमालयन एभरेष्टको ०.५९ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.५९ प्रतिशत, हिमालयन रि को ०.५८ प्रतिशत, नेपाल रि को ०.५० प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.३२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.२७ प्रतिशत, शिखरको ०.२४ प्रतिशत, सिटिजन लाइफको ०.१५ प्रतिशत, एशियन लाइफको ०.०३ प्रतिशत, सलिकोको ०.०३ प्रतिशत, हिमालयन लाइफको ०.०२ प्रतिशत र युनाइटेड अजोडको ०.०१ प्रतिशतले सेयरभाउ घटेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.