मंगलवार, माघ २९,२०८१ 09:43:25
IME remit
  • मंगलवार, माघ २९,२०८१ 09:43:25
IME remit
Global IME Bank Limited

सामान्य अंकले बढ्यो नेप्से, ‘लगानीकर्ता पर्ख र हेरको अवस्थामा’

Hyundai Nepal
सामान्य अंकले बढ्यो नेप्से, ‘लगानीकर्ता पर्ख र हेरको अवस्थामा’
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च९नेप्से० मा सामान्य अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ०.२४ प्रतिशत अर्थात ६.५४ अंकले बढेर २ हजार ६८३.८६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.११ प्रतिशतले घटेर ४५०.१५ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये २९९ वटा स्क्रिप्टको १ करोड ३९ लाख ६८ हजार २५८ कित्ता सेयर ७ अर्ब २४ करोड ६२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अर्जुन थापा भन्छन्,  ‘लगानीकर्ता यतिबेला बैंकहरुको ब्याजदर घट्ने प्रतिक्षामा छन् । बैंकहरुमा प्रयाप्त तरलता हुँदा ब्याजदर ६–७ प्रतिशतसम्म झर्ने अपेक्षा लगानीकर्ताको रहेको छ । यदि लगानीकर्ताको अपेक्षाबमोजिम ब्याजदर घटेमा सेयर बजारमा लगानी बढ्ने निश्चित छ ।’

Bizshala
CG Motors
Sagarmatha Cement

तर ब्याजदर घट्ने विषय एकिनताका साथ भन्न नसकिने समेत उनले बताए । ‘लगानीकर्ता यतिबेला पर्ख र हेर कै अवस्थामा छन् । समग्र बजार बढ्न लगानीकर्ताको मनोबल बढ्न आवश्यक देखिन्छ,’ उनले भने ।  

अर्का बजार जानकार टेकेन्द्र थपलियाले पनि लगानीकर्ता यतिबेला मौद्रिक नीतिको समीक्षा र बैंकहरुको ब्याजदरको प्रतिक्षामा रहेको बताए । ‘बजारमा सबै कुरा सकारात्मक नै छ । मौद्रिक नीतिको समीक्षा नजिकिदै गर्नु र बैंकहरुको ब्याजदर आउने समेत बेला भएकाले आजको बजारको बढाईले शुभ संकेत गरेको मान्न सकिन्छ । तर बजारको अवस्था यही नै हुन्छ भनेर भन्ने अवस्था भने अहिले छैन,’ उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटामा हरियाली छायो भने ८ वटामा रातो पोतियो । विकास बैंक समूहमा आज सर्वाधिक वृद्धि देखियो । यो समूह आज २.३७ प्रतिशतले बढ्यो । हाईड्रो समूह पनि आज १.५७ प्रतिशत,लगानी ०.४८, उत्पादन तथा प्रशोधन ०.०१ र म्युचुअल फण्ड समूह ०.५२ प्रतिशतले बढ्यो ।  

व्यापार समूह आज सर्वाधिक अर्थात १.०५ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.२० प्रतिशत, फाइनान्स ०.२९, होटल ०.४७, जीवन बीमा ०.०८,लघुवित्त ०.०४,निर्जीवन बीमा ०.४३ र अन्य समूह ०.०१ प्रतिशतले घट्यो ।  

Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सिईडिबि होल्डिङ्ग्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३६ करोड ८१ लाख बढीको कारोबार भयो । न्यादी हाईड्रोको ३५ करोड ११ लाख,युनाइटेड मोदी हाईड्रोको २१ करोड १७ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको १९ करोड ६९ लाख र सप्तकोशी डेभलपमेन्ट बैंकको १८ करोड ६२ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज सिक्सेल हाईड्रो, भगवति हाईड्रोपावर, रसुवागढी हाईड्रो र गार्डियन माइक्रो लाइफको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.५२ प्रतिशत र इमर्जिङ नेपालको सेयरमूल्य ७.५६ प्रतिशतले बढ्यो ।  

भूगोल इनर्जीको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । यो दिन उपकार लघुवित्तको सेयरमूल्य ८.२९ प्रतिशत र ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य २.७७ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.