शनिबार, फाल्गुन १०,२०८१ 09:55:51
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:55:51
IME remit
Global IME Bank Limited

एलआइसी नेपालको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा आइएमई लाइफ

Hyundai Nepal
एलआइसी नेपालको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा आइएमई लाइफ
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक १११.९६ अंकले घटेर २७८२.६० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३० कम्पनीको ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ६४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ उपसूचकमध्ये होटल तथा पर्यटन समूह बाहेक सबै उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ३.६५ प्रतिशत र निर्जीवन बीमा समूह २.४५ प्रतिशतले घटेको छ । बीमा कम्पनीमा आज लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी नेपाल)को मात्रै सेयरभाउ बढेको छ । कम्पनीको सेयरमूल्य १.०३ प्रतिशतले बढेर २४४४ रुपैयाँ पुगेको छ । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

त्यस्तै, आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा भने आइएमई लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ५.७७ प्रतिशतले घटेर ५१७.३० रुपैयाँ कायम भएको छ । त्यस्तै, सुर्यज्योति लाइफको ५.४४ प्रतिशत, सन नेपाल लाइफको ४.३३ प्रतिशत, हिमालयन लाइफको ५.२४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ४.६८ प्रतिशत, नेपाल लाइफको ४.६५ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ४.४७ प्रतिशत, हिमालयन रि को ४.४५ प्रतिशत, रिलायबल नेपाल लाइफको ४.३७ प्रतिशत, नेशनल लाइफको ४.०३ प्रतिशत, शिखर इन्स्योरेन्सको ४.०३ प्रतिशत, र सिटिजन लाइफको ३.६७ प्रतिशतले सेयरभाउ घटेको छ । 

यसका साथै प्रभु इन्स्योरेन्सको ३.६१ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ३.५५ प्रतिशत, सिद्धार्थ प्रिमियरको ३.१३ प्रतिशत, एनएलजीको ३.०७ प्रतिशत, युनाइटेड अजोडको २.९० प्रतिशत, एशियन लाइफको २.८० प्रतिशत, नेपाल इन्स्योरेन्सको २.६७ प्रतिशत, सलिकोको २.६६ प्रतिशत, नेको इन्स्योरेन्सको २.५१ प्रतिशत, सानिमा जिआइसीको २.४५ प्रतिशत, हिमालयन एभरेष्टको २.३२ प्रतिशत, सानिमा रिलायन्स लाइफको २.२९ प्रतिशत र आरबीसीएलको ०.०२ प्रतिशतले घटेको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रि इन्स्योरेन्स रहेको छ । कम्पनीको ६५ करोड ४२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.