आईतवार, कार्तिक १,२०८३ 02:11:16
  • आईतवार, कार्तिक १,२०८३ 02:11:16
Global IME Bank Limited

दोहोरो अंकले घट्यो सेयरबजार, जानकार भन्छन्, ‘भोल्युम नबढेसम्म माथि जाने सम्भावना न्यून’

Bizshala
दोहोरो अंकले घट्यो सेयरबजार, जानकार भन्छन्, ‘भोल्युम नबढेसम्म माथि जाने सम्भावना न्यून’
New Office

काठमाण्डौ । आज सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.४८ प्रतिशत अर्थात १३.४६ अंकले घटेर २ हजार ७६६.७८ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३५ प्रतिशतले घटेर ४७३.७६ विन्दुमा झरेको छ।

आज नेप्सेमा सूचीकृत ३५३ वटा स्क्रिप्टका १ करोड ५ लाख ९८ हजार १६४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ६९ करोड २० लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ५ अर्ब ७३ करोड ८१ लाख बढीको सेयर कारोबार भएको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे बजार जानकार तथा प्राविधिक विश्लेषक अजयसिं थापा (जय शम्भु) भन्छन्, ‘बजार लामो समयदेखि साइडवेजमै चलिरहेको छ । बजारमा केही समययता भोल्युम राम्रो छैन । बजार बढ्नका लागि नयाँ पैसा मार्केटमा आउन जरुरी छ । अहिले ठूला लगानीकर्ताहरु बजारमा सक्रिय देखिदैनन् र लगानीकर्ताले नयाँ पैसा थप्न पनि चाहिरहेका छैनन् । भोल्युम नबढ्दा सम्म मार्केट माथि जाने सम्भावना रहँदैन ।’

उनले भने, ‘अहिले नेपालको आर्थिक अवस्था पनि त्यति राम्रो देखिदैन । कर मात्रै बढाएको सरकारको बजेटलाई लगानीकर्ताहरुले त्यति मन पराएनन् । अब असार साउन लागेपछि बजारलाई थोरै सिजनल इफेक्ट पर्न सक्छ । बजार त्यति तल पनि नजाला र माथि उक्लिने सम्भावना पनि छैन । अब केही समयसम्म बजार यहि रेञ्जमै बसेर साइडवेजमै चल्ने देखिन्छ ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबै समूहमा रातो पोतियो । आज म्युचुअल फण्ड समूह मात्रै बढ्यो बढ्यो । यो समूह आज ०.३२ प्रतिशतले बढ्यो ।

यो दिन व्यापार समूह सर्वाधिक अर्थात १.७१ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.०३ प्रतिशत, विकास बैंक ०.४४, फाइनान्स ०.२३, होटल १.०७, हाईड्रो ०.५१, लगानी ०.४६, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.५३, लघुवित्त ०.१८, निर्जीवन १.२० र अन्य ०.७५ प्रतिशतले घट्यो ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

सर्वाधिक कारोबार हुने कम्पनी

आज एभरेष्ट बैंक डिबेञ्चर ०८६ को सर्वाधिक अर्थात ३४ करोड १ लाख बढीको सेयर कारोबार भयो । यस्तै आँखखोला जलविद्युतको ३२ करोड ५ लाख, सेन्ट्रल फाइनान्सको १८ करोड ५२ लाख, नेपाल पुनर्बीमाको १७ करोड १९ लाख र सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड ४७ लाख बढीको सेयर कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरुमध्ये एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो। आज कालिञ्चोक हाईड्रोको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै न्यादी हाईड्रोको सेयरमूल्य ९.१६ प्रतिशत र सेन्ट्रल फाइनान्सको सेयरमूल्य ४.७८ प्रतिशतले बढ्यो ।

यो दिन विजय लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ४.६९ प्रतिशतले घट्यो । भगवति हाईड्रोको सेयरमूल्य पनि आज ४.२७ प्रतिशत र आँखुखोला जलविद्युतको सेयरमूल्य ४.०७ प्रतिशतले घट्यो ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.