सोमबार, कार्तिक २,२०८३ 04:29:38
  • सोमबार, कार्तिक २,२०८३ 04:29:38
Global IME Bank Limited

२७ सय विन्दुबाट झर्यो नेप्से, जानकार भन्छन्, ‘लगानीकर्तामा आत्मविश्वासको कमी’

Bizshala
२७ सय विन्दुबाट झर्यो नेप्से, जानकार भन्छन्, ‘लगानीकर्तामा आत्मविश्वासको कमी’
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.१५ प्रतिशत अर्थात ३१.३१ अंकले घटेर २ हजार ६८०.४४ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.१५ प्रतिशतले घटेर ४७२.९७ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको १ करोड ८४ लाख ७४ हजार २४ कित्ता सेयर ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे बजार जानकार अर्जुन थापा भन्छन्,  ‘यतिबेला लगानीकर्ताको आत्मबल कमजोर बन्दा बजार घट्न पुगेको छ । सरकारप्रति पनि लगानीकर्ताको विश्वसनियता नरेहेको र अफवाहको पछाडि लाग्दा बजार प्रभावित बनेको छ । ’  

यस कारण राष्ट्र बैंकले नै आगामी मौद्रिक नीतिको समीक्षामार्फत लगानीकर्ताको मनोबल बढाउनु पर्नेमा थापाले जोड दिए ।  

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालले पनि राजनीतिक माहौल बिग्रने अनुमान गर्दा बजारमा बिक्री दबाब आएको बताए । यसका साथै प्राविधिक विश्लेषकहरुले समेत बजार घट्न छ भनेर अफवाह फैलाएका कारण बजार घट्न पुगेको उनले आरोप लगाए ।

‘यद्यपी बजार सधैं घटेको घट्यै नगर्ने पनि उनले बताए ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । आज फाइनान्स समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज २.८६ प्रतिशतले घट्यो ।  

यस्तै आज बैंकिङ समूह ०.९० प्रतिशत, विकास बैंक १.४७, होटल १.७३,हाईड्रो ०.९०,लगानी ०.९०,जीवन बीमा १.३६,उत्पादन तथा प्रशोधन १.५४,लघुवित्त ०.६८,म्युचुल फण्ड ०.१९,निर्जीवन बीमा १.१६, अन्य १.६७ र व्यापार समूह ०.९८ प्रतिशतले घट्यो । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २५ करोड २४ लाख बढीको कारोबार भयो । ङादी ग्र्ुप पावरको आज २३ करोड ३३ लाख बढी,रसुवागढी हाईड्रोको १९ करोड ७९ लाख,हिमालयन उर्जाको १८ करोड ३० लाख र कर्णाली डेभलपमेन्ट बैंकको १६ करोड ५० लाख बढीको सेयर कारोबार भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज सामुदायिक लघुवित्त र थ्रि स्टार हाईड्रोपावरको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।  

यस्तै महुली लघुवित्तको सेयरमूल्य ६.११ प्रतिशत,धौलागिरी लघुवित्तको ५.४९ र रिभर फल्स पावरको सेयरमूल्य ५.३३ प्रतिशतले बढ्यो ।  

यो दिन जानकी फाइनान्सको सेयरमूल्य सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले घट्यो । नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य आज ७.२६ प्रतिशत,सुपर माई हाईड्रोको ७.१४,सपोर्ट माईक्रोफाइनान्सको ७.०५ र गुराँस लघुवित्तको सेयरमूल्य ६.५५ प्रतिशतले ओरालो लाग्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.