बिहीबार, बैशाख ३१,२०८३ 07:16:26
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:16:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बीमा कम्पनीमा नेपाल रि को मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक कारोबार हुनेमा हिमालयन रि

Laxmi Sunrise Bank Limited
बीमा कम्पनीमा नेपाल रि को मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक कारोबार हुनेमा हिमालयन रि
Shivam Cement

काठमाण्डौ । बुधबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १०.७१ अंकले घटेर २०२५.३० विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३०८ कम्पनीको ८६ लाख ९६ हजार ९१८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४८ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  

बीमा समूहका दुईवटै उपसूचक आज घटेका छन् । जीवन बीमा समूह १.२५ प्रतिशत र निर्जीवन बीमा समूह १.०४ प्रतिशतले घटेको छ ।  

आज बीमा कम्पनीहरुमध्ये नेपाल रि इन्स्योरेन्सको मात्रै सेयरमूल्य बढेको छ । कम्पनीको सेयरभाउ २.९३ प्रतिशतले बढेर ७७५.१० रुपैयाँ पुगेको छ ।  

Bizshala
New Office
CG Motors

सर्वाधिक गुमाउने अर्थात् सेयरभाउ घट्ने कम्पनीमा एशियन लाइफ रहेको छ । कम्पनीको सेयरभाउ २.५६ प्रतिशतले घटेर ५६०.३० रुपैयाँ कायम भएको छ । त्यस्तै, सिटिजन लाइफको सेयरभाउ पनि २.३८ प्रतिशतले घटेर ४५१.५० रुपैयाँ कायम भएको छ ।  

यसका साथै हिमालयन रि इन्स्योरेन्सको २.२० प्रतिशत, युनाइटेड अजोडको २ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.९७ प्रतिशत, हिमालयन लाइफको १.८६ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.५७ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.५३ प्रतिशत, हिमालयन एभरेष्टको १.५० प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.५० प्रतिशत, नेशनल लाइफको १.३४ प्रतिशत, नेको इन्स्योरेन्सको १.३३ प्रतिशत, शिखर इन्स्योरेन्सको १.३१ प्रतिशत, सन नेपाल लाइफको १.३१ प्रतिशत, एलआइसी नेपालको १.२४ प्रतिशत र सुर्यज्योति लाइफको १.२२ प्रतिशतले सेयरभाउ घटेको छ ।  

त्यस्तै, आइएमई लाइफको १.२० प्रतिशत, प्रभु इन्स्योरेन्सको १.१३ प्रतिशत, सलिकोको ०.९० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.७० प्रतिशत, रिलायबल नेपाल लाइफको ०.५७ प्रतिशत, एनएलजीको ०.३९ प्रतिशत, नेपाल लाइफको ०.१७ प्रतिशत, आरबीसीएलको ०.१३ प्रतिशत र सानिमा जिआइसीको ०.०६ प्रतिशतले सेयरभाउ घटेको छ ।  

आज सर्वाधिक हिमालयन रि इन्स्योरेन्सको कारोबार भएको छ । कम्पनीको १२ करोड ५४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, दोस्रोमा नेपाल रि इन्स्योरेन्सको ८ करोड ५८ लाख र सुर्यज्योति लाइफको ७ करोड ७५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.