बिहीबार, बैशाख ३१,२०८३ 07:12:29
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:12:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, आइजीआई प्रुडेन्सियलका सेयरधनीले सर्वाधिक कमाए

Laxmi Sunrise Bank Limited
सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, आइजीआई प्रुडेन्सियलका सेयरधनीले सर्वाधिक कमाए
Shivam Cement

काठमाण्डौ । सातोको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४९.१८ अंकले बढेर २५१९.५७ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३२७ कम्पनीको १ करोड २४ लाख ९८ हजार ९८९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज १२ वटा समूहमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचका घटेको छ । जीवन बीमा उपसूचक १.९१ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.६७ प्रतिशतले बृद्धि भएको छ । बीमा समूह बढ्दा आज सबै बीमा कम्पनीको सेयरभाउ बढेको छ । आज सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको सेयरभाउ ३.१३ प्रतिशतले बढेर ५९० रुपैयाँ पुगेको छ । 

Bizshala
New Office
CG Motors

साथै, एलआइसी नेपालको २.९७ प्रतिशत, नेपाल लाइफको २.७१ प्रतिशत, नेपाल इन्स्योरेन्सको २.६० प्रतिशत, नेपाल रि इन्स्यारेन्सको २.५६ प्रतिशत, आइएमई लाइफको २.१६ प्रतिशत, सुर्यज्योति लाइफको २.०९ प्रतिशत, हिमालयन लाइफको २.०५ प्रतिशत, हिमालयन एभरेष्टको २.०२ प्रतिशत, सानिमा जिआइसीको १.९० प्रतिशत, एशियन लाइफको १.८० प्रतिशत, सिटिजन लाइफको १.५० प्रतिशत, प्रभु इन्स्योरेन्सको १.३८ प्रतिशत र नेको इन्स्योरेन्सको १.२४ प्रतिशतले सेयरभाउ बढेको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

त्यस्तै, सिद्धार्थ प्रिमियरको १.१९ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.०६ प्रतिशत, नेशनल लाइफको १.०५ प्रतिशत, शिखर इन्स्योरेन्सको १.०२ प्रतिशत, रिलायबल नेपाल लाइफको १.०२ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.६९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.३५ प्रतिशत र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.१४ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा तीन बीमा कम्पनी परेका छन् । सर्वाधिक हिमालयन रि इन्स्योरेन्सको १२ करोड ७१ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफको ७ करोड ५६ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सको ६ करोड ७३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.